विप्लवका गतिविधिमा कमि आएको मुख्यमन्त्री शंकर पोखरेल दावी

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेश संसदको संसदीय समितिको बैठकमा पहिलो पटक उपस्थीत भएका छन । उनी सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग सम्बन्धित बिषयमा प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिको बैठकमा उपस्थीत भएका हुन । 

समितिको बैठकमा सांसदहरुले प्रदेश लोकसेवा आयोगका काम अगाडी बढाउनुपर्नुपर्ने देखि प्रदेशको शान्ति सुरक्षा लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।  मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले गरेका विभिन्न काम तथा आगामी योजनाका बारेमा जानाकारी गराएका थिए । संगठन संरचना सहित प्रदेशलाई व्यवस्थित बनाउदै लैजाने काम भैरहेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि ओएनएम सर्भेको काम भैरहेको जानकारी दिए ।

योजना र कानून निर्माणका हिसावले अन्य प्रदेशको तुलनामा प्रदेश नं ५ अग्र स्थानमा रहेको बताए । संघीय सरकारले निजामाति सेवा ऐन नल्याउदा प्रदेश लोक सेवा आयोग गठन गर्न समस्या भएको भन्दै उनले कार्यालय ब्यवस्थापन तथा संगठन संरचना बनाएर अगाडी बढ्ने तयारीमा सरकार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायहरुसँग निरन्तर समन्वय र सहकार्य भैरहेको बताए । विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई प्रदेश सरकारले कसरी लिएको छ भन्ने प्रदेशसभा सदस्यको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ र प्रदेशको अस्थायी मुकाम रहेको बुटवलमा बिगतको तुलनामा विप्लव समूहको गतिविधिमा कमि आएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर