• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ट्रम्प र इमरान खानबीच अफगानिस्तान द्वन्द्व समाधानबारे विचारविमर्श हुने

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुन लागेको छ । उनीहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाले अफगानी सरकार र विद्रोही तालिबान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारेमा छलफल गर्न लागेका हुन् । 

चर्चित पूर्व क्रिकेट खेलाडी समेत रहेका पाकिस्तानी प्रधानमन्त्री खान सोमबार पहिलो पटक प्रधानमन्त्रीका रूपमा ह्वाईट हाउस प्रवेश गर्न लागेका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ अधिकारीहरूले अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानबाट सहयोगको वातावरण बनाउन यो भ्रमण उपलब्धिमुलक हुने अपेक्षा गरिएको बताएका छन् । 

उनले अमेरिकी केही मन्त्री, सांसदलगायतका सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । 

पाकिस्तानी प्रधानमन्त्री खान तीन दिने भ्रमणका लागि आइतबार अमेरिका आएका हुन् । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका थिए । 

अमेरिका आउदा उनले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग नगरी नियमित उडानबाट अमेरिका पुगेका हुन् ।

उनले मुलुकको आर्थिक सङ्कट न्युनिकरणका लागि फजुल खर्च जोगाउने अभियान थालेका हुन् । प्रधानमन्त्री खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै अत्यधिक सुविधा सम्पन्न सरकारी निवासमा नबस्ने घोषणा गरेका थिए । 

फजुल खर्च नियन्त्रण गर्ने र सादा जीवनशैली अपनाउने खानको पछिल्ला कदमहरूको विश्वभरी प्रशंसा भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर