• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

गुल्मीमा पहिराेमा पुरिएर ६ जनाकाे मृत्यु , ५ जना वेपत्ता

गुल्मी– गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। 

यस्तै सत्यावती ३ मा वर्षासँगै आएको भेल घरमा पसेपछि तिल बहादुर त्रामुकी ३० वर्षीय श्रीमति तिलकुमारी र १० वर्षका छोरा दर्शनको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर