• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

साउन महिनाभित्रै एकताका सबै काम सम्पन्न हुन्छ : प्रचण्ड (भिडियोसहित)

देशव्यापी अभियान सुरु गर्दै नेकपा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिनाभित्रै एकताका सवै कामहरु सम्पन्न हुने दावी गरेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंको चम्पादेवीमा गरेको कार्यक्रममा प्रचण्डले साउन महिनाभित्रै एकताका सवै कार्यहरु सम्पन्न गर्ने र साउनभित्रै स्थायी तथा केन्द्रिय समितिको बैठक बस्ने बताए । उनले अव छिटै नेकपाले देशव्यापी अभियान सुरु गर्दै जनताको घरदैलोमा जाने जानकारी पनि दिए ।

प्रचण्डले नाटकीय ढंगले पार्टी एकता नभएको भन्दै सवै कम्युनिष्टलाई गोलवद्ध गर्नका लागी एकता गरिएको बताए । प्रचण्डले भने, ''अव समानबिचार धारा भएका अन्य कम्युनिष्टहरुसंग पनि सहकार्य गर्दै अघि बढ्छौ । ''  उनले अहिले पनि कम्युनिष्ट एकतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै सवै सचेत भएर अघि बढ्नुपर्ने उल्लेख गरे । 

उनले पार्टी एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै समृद्ध नेपाल सुखि नेपालीको सपनालाई साकार पार्नुपर्ने बताए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर