• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

निर्माणको दुई महिना नपुग्दै नहर भत्कियो

पाल्पा । पाल्पाको रामपुरमा खेतीयोग्य भू–भाग सिंचाईका लागि निर्माण गरिएको नहर २ महिनामै भत्किएको छ । रामपुर नगरक्षेत्रको सात सय ७० हेक्टर जमिनमा सिंचाई सुबिधा पुर्याउने उद्देश्यसहित निर्माण भईरहेको नहरको निर्माण कम्पनी र उपभोक्ता समितीकोे लापरबाहीका कारण भत्किएको हो। 

निर्माण व्यवसायी र अनुगमन गर्ने निकायको लापरबाहीले नहर भत्किएको र पैसा मात्र सक्नेगरी काम गर्दा नहर भत्किएको स्थानीय लोकप्रसाद भराईले बताए । निर्माण गरेको दुई महिनामै ४ सय मिटर नहर भत्किएको वडा अध्यक्ष दिनेस कुमार खनालले बताए । असारको अन्तिममा आएर काम सक्न खोज्दा गुणस्तरहिन सामाग्री प्रोयोग गरी नहर भत्किएको अध्यक्ष खनानले बताए । 

५ नं.प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको दश करोड लगानीमा रामपुर फाँट सिचाई गर्न नहर निर्माणको काम सुरु भएको थियो । गत जेठ महिनादेखि नहर निर्माणको काम सुरु भएको थियो । निर्माणको जिम्मा लिएको  ब्रदर्श कन्ट्रयाक्याटिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालि, महादेव खिम्ती कन्स्ट्रक्सन, डी कैलाश कन्स्ट्रक्सनले  सात करोड ५१ लाखमा निर्माणको काम ठेक्का लिएको थियो ।

पहिलेको नहर जीर्ण भएका कारण नयाँ नहर बनाउने योजना सहित काम सुरु भएको हो । निर्माण जिम्मा लिएको ब्रदर्श कन्ट्रयाक्याटिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालिका निर्माण व्यवसायी सम्सुल हकदिन मियाले भने आरसिसी पर्खाल सेट नभएको हुदाँ पानीको बहाव एकै पटक ठूलो हुँदा नहर भत्किएको दावी गर्दै आएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर