• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नेकपाको पहिलो केन्द्रीय समिति बैठक साउन भित्रै

काठमाडौं । केन्द्रीय कमिटि गठन भएपनि बैठक बस्न नसकिरहेका बेला नेकपाले साउन भित्र बैठक बस्ने तयारी गरेको छ । सरकार तथा पार्टी संचालनका लागि आवस्यक छलफल गर्न पार्टी कमिटि सक्रिय हुन नसकिरहेका बेला नेकपाले एकताको सवै कामको टुंगो लगाएर केन्द्रीय कमिटि र स्थायी कमिटिको बैठक साउन भित्र गर्न लागेको हो ।

नेकपाले पार्टीका सांगठानिक तथा राजनीतिक निर्णयहरु अहिले सचिवालय बैठकबाट गर्दै आएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिनाभित्रै एकताका सवै कामहरु सम्पन्न हुने दावी गर्दै साउनमै स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठकपनि बस्ने बताए ।
 

पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंको चम्पादेवीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले एकताका काम र बैठकहरुपछि नेकपा देशव्यापी अभियानमा होमिने बताए । नेकपाका केन्द्रीय सदस्यहरूले सपथग्रहण गरेपछि बैठक बस्न सकेकाे छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर