• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

निर्मला पन्त प्रकरण जस्ता अपराध निषेध गर्न सक्दैनौं : गृहमन्त्री [भिडियोसहित]

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछिको हत्या जस्ता घटनाहरु जघन्य अपराध रहेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले यस्ता घटनाहरु रोक्न नसकिने बताए । 

पत्रकार सम्मेलनमा बोल्दै उनले भने– ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

यो घटना गृह मन्त्रालयसंग जोडिएको भन्दै भएको राजनीतिकरण दुःखद भएको उनले बताए । पीडितलाई न्याय दिने कुरामा लानपर्ने भन्दै यसलाई राजनीतिकरण गर्न नहुने बताए । 

उनले निर्मला पन्तको घटना राजनीतिकरण भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर