• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'युनिक बलर' लासिथ मालिंगाद्वारा संन्यास घोषणा, खेल्दै छन् अन्तिम खेल

कोलम्बो । श्रीलंकाली क्रिकेट टिमका मुख्य खेलाडी तथा तीव्र बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मालिंगाले बंगलादेशविरुद्ध तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलपछि बिदा लिँदै छन् । श्रीलंकाका टिमका कप्तान दिमुथ करुणारत्नेले यो कुराको जानकारी गराएका हुन् ।

श्रीलंका–बंगलादेश एकदिवसीय सिरिजअघि श्रीलंकाका कप्तान करुणारत्नेले भनेका छन्, ‘लसिथ मालिंगा यो सिरिजको पहिलो खेल खेल्नेछन् । त्यसपछि उनले एकदिवसीय क्रिकेटबाट बिदा लिँदै छन् ।’ 

मालिंगाले २६ जुलाईमा अन्तिम एकदिवसीय खेल्नेछन् । दायाँहाते तीव्र बलर मालिंगा श्रीलंकाको टिमका लागि तेस्रो बढी विकेट लिने बलर हुन् । उनले एकदिवसीय क्रिकेटमा ३५५ विकेट आफ्नो नाममा लेखाएका छन् । श्रीलंकामा मालिंगाभन्दा बढी विकेट लिनेमा मुथैया मुरलीधरन र चमिन्डा वास हुन् । 

३५ वर्षीय मालिंगाले हालै इंग्ल्यान्ड र वेल्समा सम्पन्न विश्वकप क्रिकेटको १२औं सिजनमा श्रीलंकाको टिमका लागि सबैभन्दा बढी विकेट लिएका थिए । उनले सात खेलमा १३ विकेट लिएका थिए । मालिंगाले सन् २०११ मै टेस्ट क्रिकेटबा संन्यास लिइसकेका थिए । 

सन् १९९६ को विश्वकप क्रिकेट विजेता श्रीलंकाको टिम हालै सम्पन्न विश्वकपमा खेलेका सात खेलमध्ये तीनवटा खेल मात्र जितेको थियो । यो विश्वकपमा श्रीलंका छैटौँ स्थानमा खुम्चिएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर