• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

घनश्याम भुसालको प्रस्ताव– 'स्कुल विभाग मलाई दिनुस'

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको जिम्मेवारी आफुलाई दिन माग गरेका छन् । अहिले पनि पार्टी भित्र स्कुलिङको काम आफैंले गरिरहेको फेहरिस्त प्रस्तुत गर्दै नेता भुसालले शीर्ष नेताहरुलाई  भेटेरै आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।

स्कुल विभाग कसले लिने भन्नेमा अहिले सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलका बीच हानथाप छ । आगामी बुधबार बस्ने सचिवालय बैठकले यसको टुंगो लगाउने नेताहरुले बताएका छन् । त्यसअघि नेता भुसालले शीर्ष नतालाई आफ्नो पक्षमा सकारात्मक बनाउन खोजेका हुन् ।


उनले शिर्ष नेताहरुलाई भेटेर भनेका छन्,‘यदि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा न्याय छ भने स्कुल विभागको जिम्मेवारी मलाई दिनुहोस् । म यसको स्वाभाविक दाबेदार हुँ ।’ 

आफू भएको कमिटिसम्म यो विषय छलफलका लागि नआउने देखेपछि उनले नेताहरुलाई भेटेर दावेजारी प्रस्तुत गरेका हुन् ।  

मंगलबार बोलाइएको सचिवालय बैठक स्कुल विभागमा सहमति जुट्न नसकेपछि स्थगित भएको थियो । स्कुलन विभागले पार्टीले अंगिकार गरेको सिद्धान्तको बारेमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दछ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर