• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राप्रपा भित्र पुनः एकताको बहस, कमल थापा सकारात्मक ! 

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पुनः एकताको विषयले प्रवेश पाएको छ । कमल थापा नेतृत्वको राप्रपा, प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी र पशुपतिशमशेर राणा नेतृत्व भनिएको राप्रपा प्रजातान्त्रिकबीच यसअघि पनि पटकपटक जुट र फुटको शृंखला भने नभएको होइन् । 

जुँगाको लडाइँका कारण जुट र फुटको खेती गर्दै आएका तीनथरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू पार्टी एकताका लागि बेलाबेलामा सलबलाउने गरेका छन् । तर, एकताको कुरा भने ‘छेपारोको कथा’जस्तै बनेको छ भन्दा फरक नपर्ला । 

पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) ले आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले समान विचारधारा र सिद्धान्त बोकेका दल तथा व्यक्तिसँग एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै पार्टी एकताको विषयले पुनः प्रवेश पाएको हो । राप्रपाण संयुक्तले समान एकताको अधिकार अध्यक्षद्वय राणा र लोहनीलाई प्रदानसमेत गरेको छ ।

यता, हिन्दू राज्यको पुनःस्थापना गर्ने भनेर लागेको कमल थापा नेतृत्वको राप्रपा पनि एकताको विषयलाई लिएर सकारात्मक भएको पाइएको छ । यसअघि कमल थापासँगको टकरावका कारण एकता हुन नसकेको राप्रपामा यसपटक थापा आफैं उत्सुक भएजस्तो देखिन्छ । थापानिकट एक नेताका अनुसार एकताको निर्णय राप्रपा संयुक्तले गरेसँगै थापा पनि विभिन्न अनौपचारिक भेटघाटमा जुटिसकेका छन् । 

नीति र सिद्धान्त उस्तै, एकता जटिल

०७५ माघ १७ गते राणा र लोहनीबीच १० बुँदे सहमतिसहित पार्टी एकता भयो । थापासँग एकता गर्न नसकिने भन्दै उनीविना नै राप्रपा संयुक्तको पुनः उदय भएको थियो । 

पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद रहेको छ भने मुख्य नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र रहेको छ । उता, थापा नेतृत्वको राप्रपाले भने राष्ट्रियता हिन्दुत्व र आर्थिक वृद्धिका साथै राजसंस्थाको एजेन्डा पनि बोकेको छ । 

पार्टीको मार्गनिर्देशक सिद्धान्त लगभग उस्तै भए पनि एकताको सहमति पटकपटक गर्न खोजिए पनि हुन सकेको छैन । पार्टीभित्र देखिएका स–साना विवादलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिएर अघि बढ्न नसकेको कार्यकर्ताको गुनासो छ । जसको कारण एकता प्रक्रिया पूर्ण हुन सकेको छैन । 

कमल थापा सकारात्मक

थापा नेतत्वको पार्टी राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राप्रपा संयुक्तले एकताको आह्वानसहित गरेको निर्णयलाई सकारात्मक रूपमा पार्टीमा चर्चा भएको बताए । समाचार दैनिकसँगको कुराकानीमा उनले भने, ‘एकता प्रक्रियाको म्यान्डेटअनुसार उहाँहरूले गर्नुभएको निर्णयलाई सकारात्मक सोच्दै सैद्धान्तिक तथा वैचारिक आधार एकै भएका पार्टीबीचको एकता हुन सक्छ ।’ 

गत एकता महाधिवेशनको म्यान्डेट र निर्णयलाई आधार बनाएर पार्टी एकता गर्नमा कुनै जटिल नभएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर