• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेलमैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने दृढता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले प्रतिवेदन आफूलाई नबुझाई सञ्चारमाध्यमहरूमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए । मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपतिसमेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सह्य नहुने पनि स्पष्ट पारे । ‘यो छानबिन समिति हो कि राजनीतिक ?’ छानबिन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले सोहीअनुसार काम गर्न पनि सबैलाई सचेत गराए । प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रूपमा विकास गर्न चाहेकाले सोहीअनुसार काम गर्न पनि सचेत गराए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर