• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सिरिया : हवाई आक्रमणमा २० सर्वसाधारण मारिए

इडलिब । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ ।

रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ । 

यस हवाई आक्रमणको लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक  गाउँमा  विद्रोहीले गरेको  गोली  प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको  राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार गरिने हवाइ आक्रमणमा परी सर्वसाधारण मारिने क्रममा जारी रहेको छ ।  

सन् २०११ यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । 

 उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो ।  सो सयमदेखि हालसम्म वजाररुयिस द्वन्द्वमा परी  ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ  । 

 लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।  एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर