‘एनआइसी ब्यालेन्स फन्ड’ ले साउन ८ गतेदेखि  १ अर्ब २५ करोडको इकाई बिक्रीमा ल्याउने

काठमाडौं । एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले १ अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ । 

एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले साउन ८ गतेदेखि १२ करोड ५० लाख इकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत सर्वसाधारणलाई तथा १५ प्रतिशत एकाइ कोष प्रवद्र्धक एनआइसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआइसी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । प्रति एकाइ रु १० का दरले इकाई बिक्री गरिनेछ । 

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले प्रचलित सामूहिक लगानी कोष नियमावलीले निर्दिष्ट गरेका क्षेत्रमा लगानी गरी आर्जन भएको मुनाफा सम्बन्धित एकाइ धनीलाई वितरण गरिने जानकारी दिए । 

सामूहिक लगानी कोष सञ्चालनमा आउँदा मुलुकमा पूँजी बजारको विकास विस्तारमा महत्वपूर्ण योगदान पुग्ने मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले बताए । सर्वसाधारणबाट संकलित रकम धितोपत्रको दोस्रो बजार तथा नियमावलीले तोकेका अन्य क्षेत्रमा लगानी गरी हरेक वर्ष एकाइ धनीलाई उच्च प्रतिफल उपलब्ध गराउने जनाइएको  छ । 

उक्त संस्थाले गत आव २०७५/७६ मा करीब १ अर्ब रुपैयाँको एकाइ निष्कासन गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर