• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संसदकाे अवराेध हटाउन सभामुखकाे पहल

सहमति नजुटेपछि भोलि बस्ने भनिएको संसद् बैठक अनिश्चित

काठमाडौं । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले संसद् बैठकको अवरोध हटाई सहज रूपमा बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छुट्टाछुट्टै भेट गरेका छन् । 

सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु, नेकपाका सचेतक शान्ता चौधरी, राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

संसदलाई सहज रूपमा अघि बढाउन सहमतिका लागि सभामुखले प्रयास जारी रहेको बताएका छन् । मंगलबारको छलफल सकारात्मक भएको र सहमतिमै सदन सुचारु हुने सभामुखको विश्वास छ । 
भोलि बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ । संसद् बैठक १ बजे बस्ने कार्यतालिका छ ।

देशमा आएको बाढीपहिरोका कारण सांसद्हरु बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण जानुपर्ने बताउँदै सभामुख महराले संसद बैठक केही दिनका लागि स्थगित गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर