• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन

एजेन्सी । कन्जरभेटि पार्टीको नयाँ नेतामा बोरिस जोनसन विजयी भएका छन् । अब  बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन हुने पक्का भएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा विजयी हुने भएपछि उनी बेलायतको प्रधानमन्त्री हुने भएका हुन् ।

आफ्नो प्रतिस्पर्धी जेरेमी हन्टलाई ठूलो मतान्तरमा पराजित गर्दै बोरिस जोन्सन विजयी भएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाएका छन् । 

विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता जेरमी हन्टलाई पराजित गर्दै जोनसनले बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गरेका छन् । जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक विफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लन्डनका पूर्व मेयर जोन्सन अनुभवी नेता हुन् । जोन्सनले अब मेको स्थान लिनेछन् ।

जोनसनले नेता हन्टलाई झण्डै आधा मतान्तरले पछि पारेको बताएका छन् । कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिजा मेको विकल्पमा नयाँ नेतृत्व छान्नका लागि भएको अन्तिम चरणको मतदानमा जोनसनलाई ९२ हजार १५३ मत परेको थियो भने हन्टलाई ४६ हजार ६५६ मत परेको कन्जर्भेटिभ पार्टीले जनाएको छ ।

नेता जोनसनले आफ्नो नेतृत्वमा बेलायत यूरोपेली यूनियनबाट बाहिरिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

पार्टी नेतृत्वमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘दुईपटकसम्मको प्रयासपछि पनि सफल हुननसकेको ब्रेक्जिट प्रक्रियालाई आगामी अक्टोबर ३१ सम्ममा पूरा गरिनेछ ।’

जोनसन पार्टी नेतृत्वमा निर्वाचित भएसँगै उनलाई सामाजिक सञ्जालमार्फत विश्वभरीबाट बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत वधाई दिँदै भने, ‘पार्टी नेताको निर्वाचनमा विजय गर्दै बेलायतको प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सफल भएकोमा तपाईंलाई बधाई । आगामी दिनमा थप सफलता प्राप्त गर्नुहुनेछ ।’

त्यसैगरी उनलाई जर्मन चान्सलर एन्जेला मर्केल, यूरोपेली यूनियनका तर्फबाट ब्रेक्जिटका लागि मध्यस्थताकर्ता मिसेद बार्नियर, यूरोपेली आयोगका प्रमुख जाँ क्लाउडको तर्फबाट उनका प्रवक्तालगायतले जोनसनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर