‘बाहुबली’ फेम प्रभास र राणा दग्गुबाती अभिनित फिल्मबाट डेब्यु गर्दैछन् आर्यन खान !

तस्विर : वेब

एजेन्सी । यस वर्ष धेरै बलिउड स्टारका छोराछोरीले फिल्म क्षेत्रमा डेब्यु गरे । तर, सबैलाई पर्खिरहेको चाहि बलिउड किङ खानका छोरा आर्यन खानको डेब्यु हो । 

यद्यपि, आर्यनले हालै रिलिज भएको फिल्म ‘द लायन किङ’मा सिम्बा नामक भूमिकाका लागि आफ्नो आवाज दिइसकेका छन् । 

आर्यनको बलिउडमा डेब्यु हुने कुरालाई लिएर लामो समयदेखि चर्चा चलिरहेको छ । यसअघि चर्चा थियो कि बलिउडका फिल्म निर्माता कारण जौहरले आर्यनलाई लञ्च गर्नेछन् । 

तर, हालको रिपोर्टअनुसार अब दक्षिण भारतीय फिल्मबाट आफ्नो अभियनमा डेब्यु गर्न सक्छन् । 

भारतीय सञ्चारमाध्यमको खबरलाई मान्ने हो भने निर्देशक गुनाशेखरले ‘हिरण्कश्यपु’को नामक एक फिल्म बनाउँदैछन् । यो फिल्म ‘बाहुबलि’ जस्तै ठूलो प्रोजेक्ट हुने बताइएको छ । 

यस फिल्ममा आर्यन खानलाई डेब्यु गराउनेबारे निर्माताहरु विचार गरिरहेको बताइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने फिल्ममा ‘बाहुबली’ फेम प्रभास र राणा दग्गुबाती पनि देखिने बताइएको छ । 

फिल्म ‘हिरण्यकश्यपु’मा प्रहलादको भूमिकाका लागि आर्यनलाई अप्रोच गरिएको बताइएको छ । यद्यपिन, निदेर्शकले भने अहिलेसम्म आफूले कलाकार छनोटलाई लिएर कुनै घोषणा नगरेको बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर