प्रधानमन्त्रीको गृहनगर दमकमा मावाको कटान निरन्तर, बलियो तटबन्धको अभाव

दमक । वि.स. २०२० साल अर्थात आजभन्दा ५६ वर्षअघि लखजित नेम्वाङ दमक बस्दै आएका छन् । उनका हजुरबुबाले दुम्से भन्ने ठाउँमा १० बिगा जग्गा खरिद गरेका थिए । तर, अहिले त्यो १० बिगाह जग्गा कहाँ छ भन्ने उनलाई नै पत्तो छैन् । 

हजुरबुबा र बुबाले त्यो जग्गा बेचेर वा भागण्डा गरेर सकेका हैनन । उनका उनुसार वर्षेनी मावा खोलामा आएको बाढिले उनको गरिखाने खेत नै बगाईदियो । र अहिले त्यो खेतको नाम निशान नै छैन । 

उनका अनुसार अहिले त्यो जग्गा मोरङको मिक्लाजुङ्गका अरु कसैले ब्यक्तिगत बनाई सकेका छन् । झापाको दमक स्थित दुम्सेमा किनेको त्यो जग्गा अहिले मोरङ पर्यो । ‘कसरी ?’ उनले प्रस्ट्याए ,‘खोला कहिलो बग्छ थाहम हुदैन रहेछ । अनि राज्य पनि खोला जता जता जान्छ त्यतै हो खोलाको क्षेत्र भन्दै तोकिदिन्छ त्यहि भएर त्यसबेला झापामा  किनेको खेत खोलाले कटान गरेर हराएको थियो । पछि खोला  उच्च कटान गर्दैै पूर्व तर्फ आयो । हाम्रो खेत पश्चिममै छोड्यो । त्यसैकारण हाम्रो खेत मोरङ्गमा पर्यो । जुन समुहले आफुहरुको जग्गा आफ्नो नाममा पारे त्यो सुन्दा धेरै द्ुःख लाग्यो तर त्यो समु्ह सँग प्रतिवाद गर्ने हाम्रो शक्ती र समाथ्र्य थिएन ।’ नेम्वाङ्गले भने ‘अहिले हामी जग्गा बिहिन सुकुम्वासी झै भएका छौ । यो सबै हुनुको एउटै कारण हो मावा खोलामा दर्विलो बाँध नबाँधिनु । ’

उनको मात्र हैन यस ठाउँमा सयौ सर्वसाधारणको घरखेत मावा नदिले कटान गरेर कतै बगर बनाईदिएको छ त कतै खोलाको धार नै खेतमा छ । दमक ३ कै महेश चोककी चन्द्रकला कुमालपनि यो मावा खोलाको सास्ती सहेर बसिरहेकी छिन । खोलामा  कुनै भेल बगेको आवाज सुन्ने बित्तीकै आत्तीनु पर्ने  अवस्था रहेको उनको डर छ ।  

उनका अनुसार खोला उत्खनन् गरेर खोला गोहिरिएको छ । खोलादले आफ्नो धार कतिबेला परिवर्तन गर्छ  र गाउँ पसेर बितण्डा गर्ने हो भन्ने कुनै निश्चित छैन । ‘खोलामा बलियो तटबन्ध छैन । खोलाको भेल गाउँमा जतबेलै पस्ने अवस्था रहेकोले पानी परेको रात निद्रा लाग्दैन ।’ कुमालले भनिन्–‘खोलालाई आफ्नो क्षेत्रमा बग्न दिने मात्र हो भने पनि त्रास कम हुने थियो ।’

यसरी मावा अत्याधिक दोहन भएर पनि खोलाको पानीको बहाव गाउँ पस्ने जोखीम बढेको मावा खोला जग्गा कटान तथा रोकथाक समितीका संयोजक वेदनिधी चापागाईले बताए । उनले  सरकारलाई पटक पटक मावा उत्खनन् रोक्न आग्रह गर्दा समेत नरोकिएको बताए । सत्ता र शक्तीको अगाडी कसैको केहि लाग्दैन रहेछ हामी निमुखाको  बोली कसले सुन्ने र ? प्रतिप्रश्न गर्दैै संयोजक चापागाईँले भने ‘खोला उत्खनन् गरेर राज्य र ठेकेदार करोडौ कमाउँछन् तर प्रभावित क्षेत्रका हामी नागरिक सँधै त्रासमा बस्नु पर्छ ।’ उनले नागरिक स्तरबाट केहि रकम संकलन गरेर बर्खाको समयमा कटानले धेरै क्षती नगारोस भनेर तारजालील लगाउने गरेको बताए । खोला आउने ट्याक्टर र ट्रिपरबाट क्रमश २५ र ५० रुपैँया लिने गरेका छौ र वर्षभरी संकलन गरिएको रकमबाट तारजाली लगाउन आवश्यक पर्ने सामाग्री खरिद गरेर काम गर्ने गरेको संयोजक चापागाईले बताए । यो वर्ष पनि करिव ७ लाख रुपैँया संकलन भएको  र  सो रकमबाट आवश्यक पर्ने ढुङ्गा र जाली खरिद गरेर खोला रोकथाम गर्ने काम गरिएको उनले बताए । तारजालीका लागी नगरपालिकाले पनि केहि सहयोग गरेको तर समयमा आवश्यक सामाग्री उपलब्ध नभैदिदा काम गर्न ढिला हुने उनको तर्क छ ।

दमक नगरपालिका वडा नं ३ ले यस आर्थीक वर्ष २०७५÷७६मा  १०  लाख छुट्याएको र सोहि कोषबाट नदि कटान रोक्न सामान्य काम गरिरहिएको वडाध्यक्ष नविन बरालले बताए । तारजाली ढुङ्गा, अन्य आवश्यक सामाग्री खरिद तथा मर्मतमा उक्त रकम खर्च गरिएको वडाध्यक्ष बरालको भनाई छ । तर यो काम दिगो समाधान नभएको र दिगो समाधानका लागि  प्रदेश र संघिय सरकारसँगको सहयोग मागीरहिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर