मेघा बैंकको ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना

काठमाडौं । मेघा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना सार्वजनिक गरेको छ ।

बैंकको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमााडौंमा सो छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो । शिक्षाबाट बञ्चित हुन बाध्य छात्राहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट सो छात्रावृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बंैकका अध्यक्ष भोजबहादुर शाहले बताए । बैंकको हाल १ सय २ वटा शाखा रहेका छन । ती सबै शाखाबाट एक जना गरिव तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ । अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्र अन्तरगत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजन तय गरेको बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको निक्षेप गत वर्षको १९ अर्वबाट बढेर ८२ अर्व पुगेको जानकारी दिनु भयो । त्यसैगरी बैंकको कर्जा प्रवाह १५ अर्व ५० करोडबाट बढेर ७३ अर्व पुगेको छ ।

देशभर १०२ वटा शाखा कार्यालय स्थापना गर्न सफल सो बैंकको १०२ वटा एटिएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २५ सय मेघा रेमिट एजेन्टहरु पनि रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर