• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गुल्मीमा पहिरोले ज्यान गुमाएकाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ ले गुल्मी जिल्लाको सत्यवति गाउँपालिकामा पहिरोमा परि मृत्यु भएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । सोमबार परेको अविरल वर्षाका कारण गएको पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

प्रचण्डले एक श्रद्धाञ्जली सन्देश जारी गर्दै भनेका छन्–‘पहिरोमा परी ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

साथै उनले विपद्मा उद्दार र राहत कार्यक्रमा सक्रय भएर जुट्न समेत आव्हान गरेका छन् । ‘पहिरोमा परी निधन भएका परिवारलाई आवश्यक क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गर्दछु ।’ उनले भनेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर