• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:47 pm

आफ्नो ट्यांकर छोड्न बेलायतले इरानसामु दोहोर्यो माग

एजेन्सी । गत शुक्रबार ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) छाड्न बेलायतले फेरी इरान समक्ष आग्रह गरेको छ । 

नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ । 

इरानको क्रान्तिकारी गार्डले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो । 

स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ । 

करिब एक महिनाअघि इरानी तेल ट्याँकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन । 

बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो ।  

बेलायती ध्वजावाहक ट्याँकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोप इरानको छ ।  

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आक्रमणमा २५ लडाकू मारिए

  • ७ भदौ, २०७६

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका

नोटवन्दीका योजनाकार भाजपा नेता अरुण जेट्ली बच्चालाई खाेजी खर्च पनि चेकबाटै दिन्थे 

  • ७ भदौ, २०७६

एजेन्सी । भारतीय जनता पार्टीका प्रमुख नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार ६६ वर्षको उमेरमा स्थानियसमय अनुसार मध्यान्ह १२ बजेर ७ मिनेटमा

उत्तर कोरियाले फेरी लञ्च गर्यो दुई वटा ‘ब्यालेस्टिक मिसाइल’

  • ७ भदौ, २०७६

एजेन्सी । उत्तर कोरियाले शनिवार फेरी दुई वटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ