• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

हारबाट सुरु भयो बार्सिालोनाको नयाँ सिजन

काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले हारबाट सिजनको सुरुवात गरेको छ । ईङलिस क्लब चेल्सीसंग जापानको टोकियोमा भएको फ्रेण्डली म्याचमा बार्साले २–१ गोलको हार बेहोरेको छ । 
यसीया टुर अन्तर्गत राकुटेन कप खेल्न प्रि सिजनमा टोकियो पुगेको वार्साले मंगलबार साँझ चेल्सीको सामना गरेको थियो ।

 आफ्नो स्टार खेलाडीलाई प्लेईङ ११ मा नराखिकन टोकियो पुगेको वार्साले नयाँ खेलाडीलाई डेब्यू गरायो । यस टुरमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी, लुइस स्वरेज र फिलिप कोटीन्हो समावेश छैनन् भने चेल्सीका विलियन पनि समावेश छैनन् । 

फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान तथा डच स्टार फ्रान्की डि योङको डेब्यू भने सुखद रहन सकेन ।
 चेल्सीका लागि टम्ये अब्राहमले खेलको ३४ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलको ८१ औँ मिनेटमा चेल्सीका लागि रोसले गोल गर्दै  अग्रता दोब्बर पारे । यता बार्सिलोनाका लागि सब्स्टीच्यूट मिडफिल्डर इभान राकिटिकले खेलको इन्जुरी समयमा एक गोल गरे ।  

राकुटेन कप अन्तर्गत वार्साले टोकियोमा अर्को खेल जापानीज भिसेल कोवेसँग खेल्ने छ । कोवे बार्सिलोनाका पूर्व कप्तान आन्द्रेस ईनिस्टाले खेलिरहेको टिम हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर