• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

रुसी लडाकु विमानमाथि दक्षिण कोरियाले गर्यो चेतावनी ‘फायरिङ’

एजेन्सी । आफ्नो हवाई क्षेत्रमा घुसेको भन्दै मंगलबार दक्षिण कोरियाले रुसी सैन्य विमानलाई लखेटेको छ । दक्षिण कोरियाली लडाकु विमानले रुसी सैन्य विमानलाई लखेट्ने क्रममा चेतावनीरुवरुप ‘फायर’ खोलेको बताइएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार रुसी सैन्य विमानहरु मंगलबार बिहान दक्षिण कोरियाली हवाई क्षेत्रमा प्रवेश गरेका थिए । जवाफी कारवाहीमा दक्षिण कोरियाली लडाकु विमान उडाइएको र चेतावनीस्वरुप ‘फायर’ खोलेको बताइएको छ ।

रुसले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । दक्षिण कोरियाली अधिकारीहरुले पनि थप विवरण सार्वजनिक गरेका छैनन् ।

रुस र दक्षिण कोरियाबीच यस प्रकारको तनाव बेलाबखत देखा पर्दै आएको छ । गत जुनमा पनि दक्षिण कोरियाले रुसी दूतावासका एक अधिकारीलाई यस प्रकारको घटनाबारे सचेत तुल्याएको थियो । त्यतिबेला दक्षिण कोरियाले आफ्नो हवाई क्षेत्रमा दुई रुसी लडाकु विमान आएको दावी गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर