• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

हरियो रङ मनपराउने मानिसकोे स्वभाव कस्तो हुन्छ ? 

गाढा र फिक्का हरियो रङले ईष्यालु, विषालु, क्रोध, भयानक, घमण्डी भावको रुपमा चिनाउदँछ

साउन हरियो रङको पर्वका रुपमा मनाउने प्रचलन पछिल्लो समय नेपालमा व्यापक भएको छ । विशेषगरी शिव उपासकले साउने सोमबारलाई विशेष रुपमै मनाउँछन् । महिलाले हरियो कपडा, चुरा र मेहेन्दी लगाएर साउनलाई उत्सवकै रुपमा मनाउने चलन व्यापक बन्दै गएको छ ।

लेखक

रङ दृश्य भाषाका लागि निकै सशक्त माध्यम हो । यो एक विश्व भाषा पनि हो । प्रकृतिको आकर्षक तथा अनुपम सौन्दर्यको महत्वपूर्ण वस्तुको रुपमा रङलाई लिने गरिन्छ । रङको भाषालाई सहज ढंगले ग्रहण गर्न सकिन्छ । यसलाई बुझ्न कुनै लिपि वा भाषाको आवश्यकता पर्दैन । कुनै वस्तुलाई उसको रङका आधारमा सहजै छुट्याएर ग्रहण गर्न सकिन्छ । रङ विश्व भाषा भएकाले यसलाई कलाकारले आफ्नो परिवेश, सामाजिक तथा सांस्कृतिक परिस्थिति अनुसार ग्रहण गर्ने र त्यसलाई प्रयोग गर्ने गर्दछन् ।

कलामा रङको प्रभाव गहन रुपमा पर्दछ । रङ विश्व भाषा भएकाले यसलाई कलाकारले आफ्नो परिवेश, सामाजिक तथा सांस्कृतिक परिस्थिति अनुसार ग्रहण गर्ने र त्यसलाई प्रयोग गर्ने गर्दछन् । रङविना कलाको महत्व र अर्थ नहुने भएकाले कलाकृतिमा रङको महत्व बलशाली रुपमा रहेको हुन्छ ।

हरियो रङ प्रकृतिमा सबैभन्दा बढी देखिने रङ भएकाले यसलाई जीवनको प्रतीकको रङको रुपमा पनि चिनिन्छ । आजकल जताजतै बस्ती भएका ठाउँ या खाली रहेका डाँडा–काढामा रुख रोपांै हरियाली बढाऊँ भन्ने नाराका साथ मानिसहरु हरियाली बढाउन लागि परेका छन् । प्रकृतिमा सबैभन्दा बढी देखिने रङ पनि हरियो नै हो । रुख बिरुवादेखि प्रकृतिमा भेटिने प्रायः चिज हरियो रङकै हुन्छन् । 

यही कारणले हरियो रङलाई रानी रङको रुपमा पनि विद्धानले चिनाउने गरेको पाइन्छ । पहेलो र निलो रङको योगबाट हरियो रङ बन्छ । हरियो रङलाई इस्लाम धर्मको प्रतीकको रुपमा लिइन्छ । धार्मिक रुपमा पनि यस रङलाई मानिसले उपयोग गरिरहेका हुन्छन् । इसाई धर्ममा पनि संस्कारका रुपमा हरियो रङको प्रयोग बढता भएको पाइन्छ । त्यस्तै भारतका महाराष्ट्रमा नववधुको पहिरन हरियो नै हुन्छ । विभिन्न देश र स्थानमा यस रङलाई धार्मिक एवं संस्कारका रुपमा उपयोग गरेको पाइन्छ ।

यसरी धर्म र संस्कारमा पनि यस रङको महत्व रहेको छ । हरियो शितल रङ भएकाले चिसो ठाउँका मानिसमा यसले निकै प्रभाव पार्दछ । चिसोमा न्यानोको आवश्यकता बढी रहेता पनि यसले झन् ठण्डी बनाउँछ । विशेषगरी गर्मी ठाउँमा बस्ने मानिसले हरियो रङको कपडा बढी प्रयोग गरेको पाइन्छ । 

त्यसैले गाढा र फिक्का हरियो रङले ईष्यालु, विषालु, क्रोध, भयानक, घमण्डी भावको रुपमा चिनाउदँछन । हरियो रङको प्रयोग र यसको महत्व कलामा कलाकारले आवश्यकता अनुसार प्रयोग गरेको पाइन्छ । हरियो रङले मानिसमा शितलता र शान्त मनोभाव प्रदान गर्ने गर्दछ । हरियो रङले कलालाई शालिन र सौम्य रुपमा प्रस्तुत गर्ने भएकाले यसको महत्व र गरिमा विशिष्ट रहेको हुन्छ । यसको खासगरी धार्मिक, सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय तथा शान्त समाजको परिकल्पनामा आधारित रहेर कला बनाउँदा महत्व झल्किन्छ । 

यस रङको प्रयोग भूगोल र पर्यावरणीय प्रभावका आधारमा समेत गरिने भएकाले कलामा यसको भूमिकालाई प्राय कलाकारले गहिरो गरी चित्रण गर्ने गरेको देखिन्छ । यस रङको धार्मिक, सांस्कृतिक तथा वातावरणीय प्रभावलाई कलाकारले कलाकृतिमा उतार्दा निकै सघन रुपमा चित्रण गरेको पाइन्छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर