• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पामा जिप दुर्घटना हुँदा २ को मृत्यु 

कमल अधिकारी/पाल्पा ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा हाइलक्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र रोल्पा जिल्लाका ३६ वर्षीय टंक चलाउने (रोल्पाली) रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनदेखि ठिमुरेतर्फ विद्युती सामाग्री लिएर जाँदै गरेको बा १ च ८९७० नम्बरको जिप शनिबार बेलुका ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना भएको थियो ।

जिप सडकबाट ५० मिटर तल खसेको थियो । मृतक दुईको शवलाई आइतबार बिहान १० बजे नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले स्थानीयको सहयोगमा निकालिएको हो । दुर्घटना स्थल अप्ठ्यारो भीर भएकोले उद्दारमा समस्या र ढिलाई भएको प्रहरीले जनाएको छ । सडक चिप्लो र कच्ची भएकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर