• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कर्णालीको पानी पलाँताका गाउँ-गाउँमा पुर्याउँछौं : गाउँपालिका अध्यक्ष बम [भिडियोवार्ता]

काठमाडौं । देशकै ‘विकट’ प्रदेश भनेर चिनिन्छ, कर्णाली प्रदेशलाई ।

जाजरकोट र कालिकोटको भौगोलिक अवस्था, विकास तथा सामान्य जनजिवनलाई विकासोन्मुख बनाउनु नै सरकारका लागि चुनौति भएको छ । अझ, कालिकोट र जाजरकोटको व्यथा विभिन्न मिडियामा आइरहँदा जो कसैको पनि म झसंग हुन्छ । 

देशकै विकट कर्णाली, कर्णालीको विकट कालिकोट र कालिकोटको पनि विकट ठाउँ हो, पलाँता गाउँपालिका । 

स्मरणीय छ, केही महिनाअघि मात्र कालिकोटको पलाँता गाउँपालिकामा भएको भीषण आगलागीले एउटा सिंगो गाउँ नै सखाप भयो । पानीको चरम अभाव, सुख्खा क्षेत्र, भौगोलिक रुपमा विकट आदी कारणबाट पलाँता गाउँपालिकाका जनताको जनस्तर त्यति माथि उठ्न सकेको छैन् । 

स्थानीय तहको निर्वाचन भएको २ वर्ष बितिसकेको छ । जनताले लामो समयपछि स्थानीय तहका जनप्रतिनिधि पाएसंगै उनीहरुसंग गरेको अपेक्षा पनि बेग्लै थियो । तर, पछिल्लो समय विभिन्न स्थानीय तहमा देखिएको विवाद, जनप्रतिनिधिले गर्न नसकेका काम आदीका कारणबाट स्थानीय सरकार आलोचित बन्दै गएको छ । 

के छ, पलाँता गाउँपालिकाका जनप्रतिनिधिको अवस्था ? कसरी समृद्ध बनाउँदै छन्, विकट पलाँतालाई सुगम ?

समाचार दैनिकको स्टुडियोमा सहकर्मी रुपक चौलागाईंले पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमसंग सोधखोज गरेका छन् । 

पलाँता गाउँपालिकाका अध्यक्ष बमले आफूले पदभार ग्रहण गरेबेलादेखि नै जनताको मनोभावना पूर्ण हुनेगरी काम गरिरहेको कुराकानीको क्रममा बताए । त्यतिमात्र होइन, झण्डै २०० भन्दा बढी गाउँपालिकाका बेरोजगार युवालाई रोजगारी दिएर देशभरका स्थानीय तहलाई नै चुनौति दिएका छन् बमले । 

देशभर स्थानीय तहमा विवादमात्रै सुनिरहँदा उनले ल्याएको उक्त योजनाले सिंगो गाउँपालिका नै खुसी भएको उनले बताए । पलाँता गाउँपालिकाले स्थानीय कानुन तथा बजेटको सवालमा अन्यभन्दा आफूहरु अघि नै भएको उनले बताए । विभिन्न विकास निर्माणका कामहरुको पालिकाभित्रकै युवाहरुलाई रोजगारी दिँदा विकास निर्माणका कामहरु पनि हुने र राज्यलाई फाइदा हुने उनले बताए । 

उनले अघि भने –‘यो कार्यक्रमबाट जुन मध्यमवर्गले लुट मच्चाइरहेको छ, त्यो अन्त्य गर्ने एकमात्र शक्ति भनेको युवाशक्ति हो ।’ गाउँमा नै काम गर्ने अवस्था हुँदा विकास निर्माण र आर्थिक पक्ष सवल हुने उनले बताए । कर्णाली गाउँपालिकाको भूगोल छोएर कर्णाली नदी हिडेको भन्दै कर्णालीको पानी पलाँतामा पुर्याउने उद्देश्य आफ्नो रहेको बताए । अबको चारवर्षपछि सिंचाइको कुनै अभाव नहुने उनले दावी गरे । 

हेर्नुस अध्यक्ष बमसंगको कुराकानी :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर