• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018/ 12:39 am

भूमिगत प्रसारण लाइनको आधा काम सकियो, ऊर्जा मन्त्री पुनद्वारा अनुगमन

काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २ सय २० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । 
ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ ।  

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । ‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौ, रुख कटानमा रहेको समस्या समाधान गछौं’,मन्त्री पुनले भने,‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’ 

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाकोबेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । 

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।  

यो प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र  चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साना किसानको १ अर्ब ऋण मिनाहा गर्ने सरकारको निर्णय

  • २७ मङ्सिर, २०७५

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने लाेकप्रिय निर्णय गरेको छ । सरकारका प्रवक्ता गाेकुल बास्काेटाले संचारमन्त्रालयमा बिहिबार

चुहावट नियन्त्रण र बक्यौता असुलीमा गर्न कर्मचारीलाई प्रोत्साहन भत्ता

  • २७ मङ्सिर, २०७५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको

पर्यटन प्रवद्र्धनका लागि नेपाल - श्रीलङ्काको साझा अवधारणा  बनाउन  श्रीलङ्काली राजदुतको सल्लाह

  • २७ मङ्सिर, २०७५

काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताएका छन्