• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा राजवंशी 

काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । शनबिार मेलवर्नमा एक समारोहका बी पत्रकार सम्मेलन गर्दै प्रनेएस अस्ट्रेलिया घोषणा गरिएको हो। 

समितिको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन् भने सल्लाहकारमा दीपक गौतम, अध्यक्षमा अजय राजवंशी, वरिष्ठ उपाध्यक्षमा ऋषिकेष न्यौपाने, उपाध्यक्ष प्रमोद भण्डारी, महासचिव मिलन आचार्य, कोषाध्यक्ष अनुप ढकाल रहेका छन् । 

यसै समारोहमा अस्ट्रेलियाका विभिन्न राज्यमा प्रमुखहरू पनि चयन गरिएका छन्। समारोहलाई अतिथिको आसनवाट सम्बोधन गर्दै मेलवर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अस्ट्रेलियालाई शुभकामना दिदै प्रवासमा आइपर्ने समस्याको समाधानको लागि समाजसँग हातेमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे । 

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरुङ, समाजसेवी दीपक विष्टले शुभकामना दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म, संस्कृति पहिचानको रक्षाका लागि समाज क्रियाशील हुने बताए । 

समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि बढने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकाले सो पार्टीको नीति सिद्धान्तअनुसार प्रवास अस्ट्रेलिया अगाडि बढ्ने बताए । 

राप्रपाको विश्वको २५ देशमा सशक्त संगठन छ, विभिन्न मुलुकमा एनआरएनएका पदाधिकारी तथा सदस्यहरूमा पनि राप्रपाका प्रवासी नेताहरू निर्वाचित हुँदै आएका छन्। वैचारिक रूपमा प्रवासमा प्रवासी नेपाली एकता समाजको सशक्त भूमिका रहेको छ। नवगठित कार्यसमितिलाई राप्रपा अध्यक्ष कमल थापाले बधाई तथा शुभकामना दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर