• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अभिनेत्री स्वेता खड्का

तस्वीर स्वेता खड्काको फेसबुुकबाट

काठमाडाैं । अभिनेत्री स्वेता खड्का नेपाली सिने जगतमा रुचाइएकी अभिनेत्री हुन् । मोडलिङबाट उनले आफनो अभिनय यात्रा सुरुवता गरेकी हुन् । ‘कहाँ भेटिएला’ फिल्मबाट आफनो फिल्मी यात्रा सुरु गरेकी थिइन् । जुन फिल्म उतकृष्ट फिल्मको सूचिमा पर्छ । त्यो लगतै उनले ‘हाँसी देउन एक फेर’, ‘श्रीमान श्रीमती’ ,‘कान्छि’ लगायतको फिल्ममा काम गरिसकेको छिन् । 

उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसंग वि.सं २०७१ सालमा बिवाह गरेकी थिइन् । फिल्मी दौडानमा उनीहरु विच प्रेम बसेपछि त्यो सम्बन्ध बिवाहमा परिणत भएको थियो तर विडम्बना बिवाह भएको केही महिनामै उनको सिन्दुर पुछियो । त्यसपछि उनले सीमित फिल्महरुमा मात्र काम गरिन् । साथै उनले आफनो जीवनको समय समाज सेवामा लगाई । अहिले समाज सेवासंगसंगै बालुवाटारमा हिमालयन जाभा कफिसप सञ्चान गरेर बसेकी छन् । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर