• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बेलायतमा मनाइयो २५ औ विश्व आदिबासी दिबश

बेलायत । बिश्वब्यापी रुपमा २५ औ बिश्व आदिबासी दिवश भब्य रुपमा मनाउने क्रममा संयुक्त अधिराज्य बेलायतमा पनि भब्य रुपमा मनाइएको छ । 

ुसास्कृतिक मात्र होईन अधिकार प्रप्तिको लागि राजनीतिक रुपमा अग्रसर हुनु पर्दछ र आफ्नो पहिचान सहितको अधिकारको प्राप्तिको लागि आगामी दिनमा अझ ससक्त्त र संगठित हुनुपर्दछु भन्ने सन्देशसहित बेलायतमा कार्यक्रम सम्पन्न भएको हो ।

बिश्वमा आदिबासी जनजातीले मात्र पृथ्वी बचाउन  सक्दछ भन्ने कतिपय अन्तरराष्ट्रिय मान्यता समेत रहेको सन्दर्भमा आदिवासीको अधिकार सुनिश्चित हुनुपर्ने कार्यक्रममा सहभागिहरुको जोड थियो ।

'प्रकृतिका पुजक आदिवासी जनजातीको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध छ । त्यसैले अब राजनीतिक अधिकार लिन पनि जनजाती समुदाय अग्रसर हुनु पर्दछ', भन्नेमा कार्यक्रममा सहभागिले जोड दिए ।

अष्ट्रेलियाका लागि पूर्व राजदुत तथा अधिकारकर्मी लक्की शेर्पाले अब राजनीतिको चावी आदिबासिले पनि लिनुपर्ने बताईन् । उनले नेपाल आदिबासी सम्बन्धी संयुक्तराष्ट्र संघ घोषणा पत्र आई.एल.ओ. अभिसन्धि १६९ को पक्ष राष्ट्र भएपनि त्यसलाई कार्यान्वयन गर्ने सवालमा फितलो रहेको टिप्पणी गरिन् ।

संविधानसभा सदस्य समेत रहेकी शेर्पाले प्रश्न गरिन, 'आदिबासी जनजातीको हक, मुलुकको राजनीतिक परिबर्तनको लागि बलिदानीपूर्ण संघर्ष गर्दै आन्दोलनमा अग्रणी भूमिका जाजातीले खेले, आज हाम्रा माग र मुद्धाहरु सम्बोधन भएको छ ?’

अन्तरराष्ट्रिय सन्धि, अभिसन्धि, महासन्धि र घोषणापत्रमा हस्ताक्षर गरेर पनि राज्य यसलाई कार्यन्वन गराउन उदासिन् रहनु दुस्खद रहेको उनले बताईन ।
       
कार्यक्रममा सभापतित्व आदिबासी जनजाति महासंघ यु.के।का अध्यक्ष जंग सुनुवारले गरेका थिए । आदिबासी जनजाती महासंघको पूर्व सल्लाहकार तथा सभासद लक्की शेर्पा, बेलायतको लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी, अधिकारकर्मी तथा अधिबक्त्ता शान्ति राई, साहित्यकार अभिनेता उदय  सुब्बा 'झाक्री बुढो' नेफिन यु.के.का पदाधिकारीहरु बिभिन्न संघ संगठनका आदिबासी जनजाति अगुवा अभियान्तहरुको उपस्थिती रहेको थियो । साथमा नेपाली मौलिक पहिचान झल्काउने कार्यक्रमहरु सम्पन्न भएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर