• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

दोस्राे 'इनिङ'मा मोदीकाे द्रुत गति, ७५ दिनमा 'कश्मिरदेखि तीन तलाकसम्म'

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठन भएको ७५ दिनको अवसरमा मंगलबार भनेका छन्– ‘हामी स्पष्ट नीति तथा सही दिशामा हिँडिरहेका छौँ ।’ मोदीले सरकार गठन भएको सुरुवाती दिनमै सरकारले अभूतपूर्व रफ्तार लिएको छ । स्पष्ट नीति तथा सही दिशामा हिँडेर हामीले नतिजा पनि प्राप्त गरेका छौं ।

प्रधानमन्त्री मोदीले सञ्चारमाध्यमसामु भनेका छन्, ‘हाम्रो सरकारको केवल ७५ दिनको कार्यकालमै हामीले उल्लेखनीय काम गर्न सफल भएका छौं । बालबालिकाको सुरुक्षादेखि लिएर चन्द्रयान–२, भ्रष्टाचारविरुद्ध कारबाहीदेखि लिएर मुस्लिम महिलाको ‘तीन तलाक’को अभिशापबाट मुक्त गर्नु, किसानदेखि काश्मिरसम्म गरेको कामलाई मध्यनजर गर्दै मान्छेहरूले हाम्रो सरकारको समर्थन गरेका छन् ।’

मोदीले भने, ‘पछिल्ला दिनमा धेरै जनादेश पाएपछि तीव्रसँग सुधारको कदम चाल्नुको पछाडि के मान्छेहरूलाई अब पाँच वर्षमा केके हुन्छ भनेर बताइरहनु पर्छ र ?’ यसबारे मोदी थप प्रस्ट्याएका छन्– एक तरिकाले यस्तो पनि भन्न सकिन्छ कि यो सरकारलाई पुनः यति ठूलो जनादेशसहित फिर्ता आउनुको नतिजा हो । हामीले यी ७५ दिनमा जे प्राप्त गरेका छौं, त्यो त्यही बलियो आधारको परिणाम हो, जो हामीले पछिल्ला पाँच वर्षमा बनाएका छौं । 

मोदीले भनेका छन्, ‘किसान तथा व्यापारीका लागि पेन्सनको स्किम, मेडिकल क्षेत्रमा सुधार, लेबर रिफर्मजस्ता ऐतिहासिक कदम चालिएको छ र म लगातार यस्तै कदम चालिरहनेछु । तर, कुरो के हो भने जब नियत सफा हुन्छ, मान्छेहरूको समर्थन हुन्छ तब हामीले के प्राप्त गर्न सक्छौँ भनेर केही सीमा हुँदैन ।

स्वतन्त्रता दिवसमा लालकिल्लाबाट ९३ मिनेट सम्बोधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७३औं स्वतन्त्रता दिवसको दिन बिहीबार बिहान लालकिल्लाबाट जनताको नाममा ९३ मिनेटसम्म सम्बोधन गरेका छन् । जनतालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामी काश्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ 

मोदीले काश्मिरलाई दिँदै आएको विशेष मान्यता भारतीय संविधानको धारा ३७० ले केवल भ्रष्टाचारलाई प्रश्रय दिएको तर्क गरे । नयाँ दिल्लीको निर्णयपछि गत हप्तादेखि काश्मिरमा फोन र इन्टरनेटको प्रतिबन्धबारे भने मोदी कुनै टिप्पणी गरेनन् । 

प्रधानमन्त्री मोदीले जनताको नाममा सम्बोधन गर्दै भनेका छन्, ‘हामी न समस्या पाल्छौँ, न सार्छौं । न त समस्यालाई पाल्ने वा पर सार्ने समयमा छौँ ।’ मोदीको यस भनाइलाई कांग्रेसलाई निशाना बनाइएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । नयाँ सरकार बनेको साढे दुई महिनामा संविधानको धारा ३७० र ३५ए हटाउनु, सरदार वल्लभभाइ पटेलको सपना पूरा गर्नमा निक्कै महत्त्वपूर्ण कदम रहेको मोदीले बताए । उनले भने, ‘यदि सन् २०१४ देखि सन् २०१९ सम्म आवश्यकताहरुलाई पूरा गर्ने समय थियो, सन् २०१९ पछिको कालखण्ड देशवासीको आकांक्षाको पूर्ति गर्ने कालखण्ड हो । उनीहरुको सपनालाई पूरा गर्ने कालखण्ड हो ।’ 

 भारत सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएको थियो । भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधवार आफ्नो भाषणमा काश्मिरमा भारतीय हस्तक्षेपको चर्को आलोचाना गरेका थिए ।

मोदीद्वारा छैटौंपटक लालकिल्लामा झन्डोत्तोलन

भारतले स्वतन्त्र भएपछि १५ अगस्टका दिन लगतार लालकिल्लामा तिरंगा ९राष्ट्रिय झन्डा० उत्तोलन गर्ने गर्छ । भारतको ७३औं स्वतन्त्रता दिवसको दिन बिहीबार प्रधानमन्त्री मोदीले पनि झन्डोत्तोलन गरेका छन् । उनले लालकिल्लामा छैटौंपटक झन्डोत्तोलन गरेका हुन् । यस कार्यमा उनले पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बराबरी गरेका छन् । 

अटल बिहारी बाजपेयी प्रथम गैरकांग्रेस हुन् जसले पहिलोपटक लालकिल्लामा झन्डोत्तोलन गरे । उनले पनि ६ पटक झन्डोत्तोलन गरेका थिए । लालकिल्लामा सबभन्दा बढी झन्डोत्तोलन गर्ने प्रधानमन्त्रीमा जवाहरलाल नेहरू अग्रणी स्थानमा आउँछन् । उनले १७ पटक झन्डोत्तोलन गरेका थिए । त्यस्तै, इन्दिरा गान्धीले १६ पटक, मनमोहन सिंहले १० पटक, राजीव गान्धीले ५ पटक लालकिल्लामा झन्डोत्तोलन गरेका छन् । 

भारतमा माेदी सरकारले ७५ दिनमा गरेका केही उपलब्धि यस्ता छन् ः

 

१. जम्मु–काश्मिरको विशेष राज्यको दर्जा खोसियो

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा दोस्रोपटक बहुमत प्राप्त गरेपछि विवादस्पद कश्मिर राज्यका सन्दर्भमा अहिलेसम्मकै ठूलो र कठोर निर्णय गरेका हुन् । भारतीय संविधानको धारा ३७० ले जम्मु९कश्मीरलाई विशेष राज्यको दर्जा दिएको छ । 

भारत सरकारले ५ अगस्टका दिन जम्मु–काश्मिरबारे तीनवटा महत्त्वपूर्ण निर्णय ग¥यो । मोदी सरकारले विवादित उत्तरी राज्य जम्मु–काश्मिरको विशेष राज्यको दर्जा खोस्यो । सरकारले काश्मिरको विशेष राज्यको दर्जा खोसेपछि अब त्यहाँ केन्द्रले नै शासन गर्नेछ, अर्थात् जम्मु–काश्मि भारत केन्द्र शासित राज्य बन्न बाध्य भयो । 

मोदी सरकारले काश्मिरलाई केन्द्रशासित मात्र गरेन, योसँगै अरू दुई महत्त्वपूर्ण निर्णय पनि गरेको छ । काश्मिर क्षेत्रमा पर्ने हिमाली जिल्ला लद्दाखलाई पनि केन्द्र शासित राज्य बनाउनुका साथै त्यहाँको विधानसभा पनि भंग गरेको छ, अर्थात् अब त्यहाँ विधानसभा हुनेछैन । 

भारतीय गृहमन्त्री अमित शाहले संविधानको धारा ३७० खारेज गर्न संकल्प प्रस्ताव पेस गरेपछि राज्यसभा व्यापक विरोध भयो । कांग्रेसले त्यसको खुलेर विरोध गर्यो । कांग्रेस नेता गुलाम नवी आजादले संविधानको धारा ३७० खारेज गरेर भारतीय जनता पार्टी ९भाजपा० ले संविधानको हत्या गरेको आरोपसमेत लगाए । 

२. तीन तलाक विधेयक पारित

भारतको लोकसभामा मोदीले पुनः बहुमत प्राप्त गरेपछि ‘तीन तलाक’ विधेयकमाथि पुनः चर्चा सुरु भयो । यहीबीच जुलाई ३१ मा राज्यसभाले यो विधेयक पास ग¥यो । यो विधेयक यसअघि नै लोकसभाले पारित गरिसकेको थियो । दुवै सदनबाट विधेयक पारित भएपछि यो कानुन बन्ने बाटो खुला हुनेछ । दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले अनुमोदन गरेपछि कानुन बन्छ । 

मुस्लिम महिला ९विवाह अधिकार संरक्षण० विधेयक २०१९ को प्रावधान अनुसार एक पटकमै तीन तलाकमार्फत सम्बन्ध बिच्छेद गर्नु अपराध हो । यसका लागि तीन वर्षको जेल सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ । 

सन् २०१७ अगस्ट २२ मा भारतको सर्वोच्च अदालतले तीन तलाकको प्रक्रिया गैरसंवैधानिक रहेको बताएको थियो। विधेयकका समर्थकले नयाँ कानूनले मुस्लिम महिलाको संरक्षण गर्ने बताएका छन् । तर यसको विरोध गर्नेहरुले यसको गलत प्रयोग हुन सक्ने बताएका छन् । विपक्षी कांग्रेसले यो विधेयकको विरोध गरेको थियो । राज्यसभामा विधेयकको पक्षमा ९९ र विरोधमा ८४ मत परेको थियो । 

टिआरसी, जेडिडू र एआईएडिएमले वाकआउट गरेकाले राज्यसभाबाट विधेयक पारित गर्न भाजपा सरकार सफल भयो । राज्यसभामा सदस्य संख्या २४१ थियो, तर केही पार्टीको वाकआउटका कारण यसको संख्या २१३ मा झरेको थियो । मंगलबार राज्यसभामा विधेयकमाथि मतदान हुनुपूर्व लामो छलफल भएको थियो ।

सन् २०१७ अगस्ट २२ मा भारतको सर्वोच्छ अदालतको पाँच सदस्यीय बेन्चले बहुमतका आधारमा तीन तलाक असैंवधानिक भएको निर्णय सुनाएको थियो । यसले भेदभाव हुनुका साथै समानताको मौलिक अधिकारको उल्लंघन भएको बताउँदै अदालतले तीन तलाकलाई तत्काल अन्त्य गर्न बताएका थियो । पाँच सदस्यीय इजलासका तीन न्यायाधीशले तीन तलाकलाई असंवैधानिक भनेका थिएन, तर प्रधानन्यायाधीशसहित दुई न्यायाधीश भने यसको पक्षमा थिए । 

भारतका तत्कालीन प्रधानन्यायाधीश केएस खेहरले सबै दल राजनीतिक मतभेदलाई एकातिर राखेर यो मुद्दामा एकजुट हुन र संसदबाट फैसला गर्न आग्रह गरेका थिए । साथै उनले तीन तलाकमाथि ६ महिने रोक लगाएर सरकारले यसबारे कानुन बनाउनुपर्ने राय व्यक्त गरेका थिए । यस अघि मुस्लिम समुदायमा तीनपटक तलाक भनेमा तत्काल सम्वन्ध विच्छेद हुने गर्थ्यो ।

३. चन्द्रयान–२ प्रक्षेपण 

भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी ‘आईएसओआर’ले चन्द्रयान–२ लाई अगस्ट २१ का दिन सफलतापूर्वक अन्तररिक्षमा प्रक्षेपण गरेको छ । यस मिसनअन्तर्गत अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवी सतहमा पानी र खनिजको खोज गर्ने प्रयास गरिरहेको छ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्नेछ । 

 यति ठूलो अभियानको सफलतापूर्वक सुरुवात भएको अवसरमा पूरै भारत खुसी हुने नै भयो । यस सिंगो राष्ट्रको खुसीको पछाडि आइएसओआरका वैज्ञानिकको मेहेनत पक्कै छ, तर यसको श्रेय लिनका लागि राजनीतिक दलहरूको तछाड–मछाड सुरु भएको छ । 

भारतीय राष्ट्रिय कांग्रेस पार्टीले यस अभियानको सफल प्रक्षेपणप्रति बधाई दिँदै भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु र मनमोहन सिंहलाई सम्झनुपर्ने बताएको छ । कांग्रेसले यस आइएसओआरको स्थापनाका लागि पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुलाई सम्झनुपर्ने बताउँदा भारतीय जनाता पार्टीले यसको तिखो जवाफ दियो । 

कांग्रेसलाई जवाफी आक्रमण गर्दै भाजपाले देशको गौरवान्वित महसुस गराउने उपलब्धिमाथि राजनीति गर्नु दुःखद बताएको छ । ‘‘यो निक्कै दुःखलाग्दो कुरा हो, यो प्रत्येक भारतीयका लागि गौरवको क्षण हो र यसमा राजनीतिको दायरमा ल्याउनु हुँदैन,’ कांग्रेसलाई प्रहार गर्दै भाजपाका प्रवक्ता संबित पात्राले भने, ‘जसको भविष्यमा कुनै नेतृत्व देखिँदैन, उसले तपाईंलाई प्रासंगिक राख्नका लागि विगत चिहाउने चलन छm दुःखलाग्दो कुरा यो चलन कांगे्रसमा चलिरहेको छ’ । 

त्यस्तै, कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले पनि भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको ‘ट्रिस्ट विथ डेस्टिनी’ भाषणलाई सम्झदै यस अभियानको श्रेय उनलाई दिए । सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । 

भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित शतिस धावन स्पेस सेन्टरबाट अगस्ट २१ मा दिनको ठीक २ बजेर ४३ मिनेटमा लेन्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको हो । 

जुलाइ १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरिक्ष निकाय ‘आइएसआरओ’का प्रमुख अधिकारी के सिभानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका थिए । 

विक्रमले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ भने उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनको आयुमा प्रज्ञान नामक वाहन चन्द्रमाको सतहमा करिब आधा किलोमिटर यात्रा गरी त्यहाँका तसिबर खिची पृथ्वीमा अध्ययनका लागि पठाउनसक्ने भारतीय अन्तरिक्ष निकायले जनाएको छ । 

अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ । परियोजनाका लागि भारतले १५ करोड अमेरिकी डलर खर्च गरेको उक्त यानको तौल ६ सय ४० टन रहेको आइएसआरओले उल्लेख गरेको छ । 

४. एसडिएफका १० सांसद भाजपा प्रवेश

भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याएपछि भाजपा प्रवेश गर्नेहरूको लर्को नै लागेको छ । यही क्रममा पूर्वोत्तर राज्य सिक्किमको राजनीतिमा मंगलबार तरंग आयो । पूर्वमुख्यमन्त्री पवनकुमार चामलिङबाहेक सिक्किम डेमोक्रेटिक फ्रन्ट ९एसडिएफ० का १० जना सांसद भारतीय जनता पार्टी ९भाजपा० प्रवेश गरे । भाजपाका कार्यकारी अध्यक्ष जेडी नड्डा तथा महासचिव राम माधवको उपस्थितिमा उनीहरू भाजपा प्रवेश गरेका हुन् । 

पवनकुमार चामलिङ यसअघि सिक्किमका मुख्यमन्त्री थिए । उनी २५ वर्षसम्म भारतको मुख्यमन्त्री भएका थिए । उनी भारतमा लामो समय मुख्यमन्त्री हुनेमा अग्रणी स्थानमा आउँछन् । सिक्किमा गत लोकसभा निर्वाचनमा सँगै विधानसभा निर्वाचन पनि गरिएको थियो । सो निर्वाचमा चामलिङको पार्टी पराजित भएको थियो । सो निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह गोलेले बहुमत प्राप्त गर्दै मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी सिक्किमका छैटौं मुख्यमन्त्री हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर