• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चितवनमा रविका समर्थकले ढुंगामुढा गरेपछि अश्रुग्यांस प्रहार, ५ प्रहरी घाइते

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयमा अश्रुग्यांस प्रहार भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गरेपछि प्रहरीले भीड नियन्त्रण गर्नका लागि अश्रुग्यांस प्रहार गरेको थियो । 

झडपमा ५ जना प्रहरी घाइते भएको बताइएको छ । प्रहरीका अनुसार चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर