• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जम्मू–काश्मिरमा गोली हानाहान, एक भारतीय जवानको मृत्यु, एक पाकिस्तानी चौकी ध्वस्त

एजेन्सी । पाकिस्तानी सेनाले शनिवार बिहान जम्मू–काश्मिरको नौशेरी क्षेत्रमा गोलाबारी गरेको छ । पाकिस्तानी सेनाको यस फायरिङमा एक भारतीय जवान सहिद भएको जनाइएको छ । 

त्यस्तै, भारतीय सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै जम्मू–काश्मिरको राजौरीमा जवाफी कारबाही गरेका छन् । भारतीय सेनाले राजौरी क्षेत्रको एक सैनिक क्याम्प उठाएको छ । 

पाकिस्तानको फायरिङमा सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको एएनआईले जनाएको छ । मृत्यु भएका थापा देहरादूनको रहेको बताइएको छ । 

पाकिस्तानले साना हतियारले फाइरिङ गरेको भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन् । व्रक्ताका अनुसार, अन्तिम रिपोर्ट लिँदासम्म गोलीबारी चलिरहेको बताएका छन् । 

जम्मूको राजौरी र पुन्छ जिल्लामा पछिल्लो साता पाकिस्तानको तर्फबाट गरिएको गोलीबारीमा १० महिने एक बच्चाको मृत्यु भएको र केही नागरिक घाइते बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर