• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चार महिनादेखि बेपत्ता बालिकालाई गुगल म्यापले परिवारसँग भेटाइदियाे

एजेन्सी । भारतको दिल्लीमा गुगल म्यापको मद्दतले एक १२ वर्षीया बालिकालाई उनको परिवारसँग चार महिनापछि भेट गराएको छ । प्रहरीका अनुसार, उक्त बालिका गत २१ मार्च होलीको दिन कीर्तिनगर नजिकैबाट एक ई–रिक्सा समातिन् । उनी मेट्रो स्टेशनमा उत्रिइनन् र रिक्सा चालकले कहाँ जाने भनेर सोध्दा पनि केही जवाफ दिइनन् । 

त्यसपछि रिक्सा चालकले राति ८ बजेर ३३ मिनेटमा कीतिनगर प्रहरी चौकीमा लगे । सुरुवाती जाँचका दौरान उक्त बालिकाले आफ्नो घरको ठेगाना याद गर्न सकिरहेकी थिइनन् । उनले खाली ‘खुर्जा गाउँ’बाट हो र उनको बुबाको नाम जीतन मात्रै बताउन सकिन् । 

प्रहरीले दिल्लीको खजुर र वरपरको क्षेत्रमा खुर्जा गाउँको खोजी थाल्यो, किनकी यो क्षेत्र खुर्जा शब्दसँग मिल्दोजुल्दो थियो । 

तर ती बालिका हराएको कुनै सूचना कतैबाट आएन । त्यसपछि, ती मानसिक रुपले कमजोर बालिकालाई नजिकैको जेजे कोलनीलमा लगियो, तर त्यहाँ उनलाई कसैले चिनेनन् । त्यसपछि प्रहरीको एक समूहले उत्तर प्रदेशको बुलन्दशहरको खुर्जा गाउँमा पुर्यायो । तर, त्यहाँ पनि उनको परिवारबारे केही सूचना मिलेन । 

त्यसपछि, एक पटक फेरी ३१ जुलाईमा उक्त बालिकालाई पुनः उत्तर प्रदेशको खुर्जा गाउँमा पुर्याँदा त्यहाको वरिष्ठ प्रहरी अधिकारीले उसलाई आफ्नो गाउँको नजिकैको गाउँको नाम सोधे । उक्त बालिकाले आफ्नी आमाको गाउँको नाम सोनबरसा भएको र उसको गाउँ साकापर नामक ठाउँको नजिकै रहेको बताइन् । 

यसपछि प्रहरीले गुगल म्यापको प्रयोग गरी उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा साकापर, सोनबरसा र खुर्जा नाम गाउँ रहेकाे पत्ता लगायो । प्रहरी उसको परिवारको ठेगाना पनि पत्ता लगायो । 

गत अगस्ट १ का दिन खुर्जा निवासी बालिकाका बुबा जीतन गोरखपुरबाट दिल्ली पुगे । जीतनका अनुसार, दिल्लीको मानव व्इवहार तथा सम्बद्ध विज्ञान संस्थानमा आफ्नी छोरीको उपचार गर्न ल्याएका थिए ।

उनकी छोरी कीतिनगर नजिकै जेजे कोलोनीस्थित उनको दिदीको घरबाट बेपत्ता बनेकी थिइन् । तर, उनले आफ्नी छोरी बेपत्ता बनेको खबर कुनै प्रहरी चौकीमा दिएनन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर