यी कम्पनीको हकप्रद निष्काशन भइरहेको छ, भर्न छुटाउनु होला है

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पूँजी वृद्धिका लागि हकप्रद निष्काशन गर्ने क्रम जारी नै छ । कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्कासनको अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृतीको पखाईमा रहेका छन् भने कतिपय हकप्रद सेयर बिक्रीको प्रक्रियामा रहेका छन् ।

यस्तैमा लगानीकर्ता हकप्रद भर्न नछुटुन भन्ने उद्देश्यका साथ हामीले हाल हकप्रद निष्काशन भइरहका कम्पनीहरुका बारेमा जानकारी दिन गएका छौं ।

अहिले चार कम्पनीहरुको हकप्रद निष्काशन भइरहेको छ । दुई लघुवित्त कम्पनी र एक इन्स्योरेन्स कम्पनी र एक फाइनान्स कम्पनीको हकप्रद निष्काशनमा छ । हकप्रद निष्काशन भइरहेका कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर