मेयरको मनोमानी नेविसंघले गर्यो नगरपालिकामा तालाबन्दी

हिमाल जोशी/ धनगढी । मेयरले मनोमानी गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिका कार्यालयमा नेबिसंघले पुन तालाबन्दी गरेको छ । 

 यसअघि साउन १७ गते पनि तालावन्दी गरेको नेबिसंघले आफ्ना मागको अझै कुनै वास्ता नगरेको भन्दै बुधबार (आज ) पुन तालावन्दी गरेको हो । नगर प्रमुख ममताप्रसाद चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्र रहेका विद्यालयलाई समायोजन र केहीको तह घटुवा गरेको भन्दै नेविसंघले ताला लगाएको जनाएको छ ।

समायोजन गरिएका बिद्यालयका अभिभावकहरुले पनि समायोजन बिरुद्ध संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । आज गरिएको तालावन्दीमा पनि संघर्ष समितिले पनि साथ दिएको छ । तालावन्दीका कारण कार्यालयको कामकाज पुर्ण रुपमा बन्द भएको छ ।

नगर क्षेत्रमा रहेको ५७ विद्यालयमध्ये मेयर चौधरीले चार विद्यालय समायोजन गरेको र ९ विद्यालयको तह घटुवा गरेको भन्दै नेविसंघ आन्दोलित भएको छ ।

नेबिसंघले संघर्ष समिति गठन गरि केही दिन यता निरन्तर र्याली, धर्ना लगायतका कार्यक्रम गरिरहेको छ । मेयरले स्थानीय र सम्बन्धित विद्यालयसँग छलफल नै नगरी मनोमानी निर्णय गरेकाले कार्यालयमा ताला लगाइएको नेविसंघ नगर सभापति कलकजंग सिंहले जानकारी दिए । 

उनले भने–‘एकलौटी ढंगले उहाँहरुले काम गर्नु भयो, हामीले छलफलका लागि पटक–पटक अनुरोध गर्यौं सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौं ।’ 

 घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले आफु कार्यालय बाहिर रहेको बताउँदै तालावन्दी गरिएको खबर आएको तर कसले गर्यो भन्ने आधिकारीक जानकारी भने नभएको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर