• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बालुवाटार नै पुगे प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न विदेशमन्त्री जयशंकर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । 

उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका हुन् । 

आयोगको बैठक बुधबार नै सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा  नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठक बुधबार र बिहीबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर