तीव्र उतारचढावकाबीच नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेप्से सामान्य बढेको छ । निकै उतारचढाव देखिएको बजारमा आज नेप्से सुचक शुन्य दशमलव ४२ अंकले बढेर १ हजार २ सय १४ दशमलव ०५ को बिन्दुमा बजार बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्सेमा १६१ कम्पनीको २९ करोड २६ लाख ४१ हजार ७ सय १८ रुपैयाँको १२ लाख ७० हजार ११८ कित्ता सेयर किनबेच भएको छ । यसदिन सबैभन्दा बढी सोल्टी होटलको सेयर खरिदबिक्री भएको छ । होटलको ४ करोड २० लाखभन्दा बढी रुपैयाँँको सेयर कारोबार भएको हो । 

त्यसैगरी, सर्वाधिक कमाउनेमा आज विशाल बजार कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ ५ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा गणपति माइक्रोफलाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मुल्य ५ दशमलव ४४ प्रतिशतले घटेको छ ।

बुधबार ट्रेडिङ, विकास बैंक, फाइनान्स र अन्य समूहको सेयर उकालो लागेको छ भने बैंकिङ, होटल, जलविद्युत, बीमा समूह, लघुवित्त, म्युचुअल फण्ड, र उत्पादन तथा प्रशोधन समूह ऋणात्मक रहेका छन् ।

तत्कालका लागि रोकियो बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर