बिहीबार बाँडफाँट हुँदै हिमाल दोलखाको आइपिओ

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आइपिओ) बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलले बिहीबार अपराह्न ४ बजे आइपिओ बाँडफाँट गर्ने जनाएको छ । 

हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको सबै आइपिओमा आवेदन नपरेपछि आवेदक लगानीकर्ताले माग गरेजति सेयर पाउने भएका छन् । हिमाल दोलखाको आइपिओमा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमध्ये ४३ दशमलव २६ प्रतिशत अर्थात ३३ लाख १८ हजार कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । 

आवेदन नपरेको सेयरमा हिमाल दोलखाको सेयर बिक्री प्रत्याभूत गरेका मर्चेन्ट बैंकले सकार्ने भएका छन् ।
 
हाल कम्पनीको एक अर्ब ६९ करोड रूपैयाँ चूक्ता पूँजी रहेको छ । आइपिओ बिक्रीपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड पुग्नेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर