• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

धनकुटे कान्छा र फूलमान बललाई युवावर्ष मोती पुरस्कार 

काठमाडौंं । विसं २०७६ को युवावर्ष मोती पुरस्कार युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलमान बल (काभ्रे) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । 

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि ५० हजारसहित स्वर्णपदक रहेको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यही भदौ १३ गते १५४औं मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए । 

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतीराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर