• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्रीले ‘ग्रिनल्याण्ड बिक्रिमा छैन’ भनेपछि ट्रम्पको डेनमार्क भ्रमण रोकियो

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड खरिद विषयमा छलफलका लागि गर्ने भनिएको डेनमार्क भ्रमण स्थगित भएको छ । भ्रमण सुरु हुनु दुई हप्ता मात्रै रहँदा डेनमार्कका प्रधानमन्त्रीले ‘ग्रिनल्याण्ड बिक्रीमा छैन’ भनेपछि ट्रम्पले भ्रमण स्थगित गरेको मंगलबार व्हाइट हाउसले जानकारी दिएको छ । 

राष्ट्रपति ट्रम्पले पनि आफ्नो डेनमार्क भ्रमण स्थगित गरेको ट्विटरमार्फत् जानकारी दिएका छन् । ट्रम्पले ग्रिनल्याण्ड खरिद छलफललाई ठूलो रियल स्टेट डिल जस्तो भएको बताएका थिए । 

ट्रम्पको यस विषयलाई डेनमार्कले कडा आलोचना गरेको थियो । डेनिस प्रधानमन्त्री मिट्टी फ्रेडरिक्सेन्सले राष्ट्रपति ट्रम्पको यो प्रस्ताव हास्यास्पद भएको भन्दै आलोचना गरेकी थिइन् । 

डेनमार्क गजबका मानिसहरु भएको विशेष मुलुक हो । तर, प्रधानमन्त्री मिट्टी फ्रेडरिकसन्सले ग्रिनल्यान्ड बिक्री गर्ने विषयमा चासो नभएको प्रतिक्रिया दिएपछि मैले दुई हप्तापछि तय गरेको डेनमार्क भ्रमण स्थगित गरेको छु’, ट्रम्पले ट्विटमा लेखेका छन्, ‘प्रधानमन्त्रीले ठूलो रकमको सम्झौताको उपयोग गरेकी छन् । जुन अमेरिका र डेनमार्क दुबैका लागि हितकर हुन्छ । म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु कि आगामी दिनमा यो छलफल अघि बढ्‍नेछ ।’

ट्रम्पले यसअघि बाँकी विश्वलाई अमेरिकाले संरक्षण गरेजस्तै डेनमार्कलाई पनि संरक्षण गर्ने जनाएका थिए । ग्रीनल्याण्डले डेनमार्कलाई ठूलो चोट पुर्‍याइरहेको उल्लेख गर्दै उनले भनेका थिए,‘‘डेनमार्कले यसका लागि वर्षेनी ७०० मिलियन डलर खर्च गर्नु परिरहेको छ ।’’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर