• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगी शिष्टाचार भेट गरेका हुन् । 

भेटमा दुवैतर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा अत्यन्तै राम्रो छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले जानकारी दिए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाउनुको साथै प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले जानकारी दिए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडांै आएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर