• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपाका सचिवालय बैठकमा महानगरका अध्यक्ष र सचिवबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकमा महानगरपालिका स्तरीय समितिको अध्यक्ष र सचिवबारे छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उक्त विषयमा आवश्यक गृहकार्य नपुगेको कारण निर्णय भने हुन सकेको छैन् । बैठकपछि संचारकर्मीसंग कुराकानी गर्दै महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बैठक भोलि विहान ८ बजे फेरि बस्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर