• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पीपीपी मोडलमा ४१७ मेगावाटको नलसिंहगाड आयोजना बनाउन जापान उत्सुक

काठमाडौं । क्षेत्रीय तथा प्रदेशिक सन्तुलन कायम गर्ने ठानिएको जाजरकोटको नलसिंहगाड जलविद्युत आयोजना बनाउन जापान सरकारले उत्सुक्ता देखाएको छ । 
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जापानका राजदुत मासामिची साइगोबीच बुधबार भएको भेटमा त्यो चासो व्यक्त भएको हो । 

तुलनात्मक रुपमा सवैभन्दा कम विद्युतीकरण भएको कर्णालीको जाजरकोटमा बन्ने ४ सय १७ मेगावाटको नलसिंहगाढ जलविद्युत आयोजनाले सो क्षेत्रको विद्युतीकरणमा ठूलो टेवा पुर्याउने विश्वास ऊर्जामन्त्री पुनको छ ।  सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्षमा समेत नलसिंगाढ जलविद्युत आयोजना महत्वपूर्ण हुने भएकाले सरकारले सो परियोजना बनाउन जोड गरेको हो । 

जापान सहयोग नियोग ‘जाईका’ले अहिले सो परियोजनाबारे अध्ययन गरिरहेको छ । 

पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा बनाउन जापान सरकारले सहयोग गर्ने, नेपाल सरकारले सहभागिता जनाउने तथा नेपाल र जापानका नीजि क्षेत्रलाई समेत सहभागि गराएर परियोजना सम्पन्न गर्न सकिने ऊजामन्त्री पुनको विश्वास छ । भेटका क्रममा मन्त्री पुनले जापानी राजदुतको चासोप्रति  धन्यवाद दिदै सो परियोजनालाई निस्कर्षमा पुर्याउन आफु तयार रहेको बताए ।

नलसिंहगाढमा लगानी जुटाउन, नेपालका अन्य जलविद्युतका क्षेत्रमा लगानी खोज्न, नेपाल–जापान बीचको सम्बन्ध अझ बलियो बनाउने कामका लागि समेत राजदुत मासामिचीले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिएका छन् ।

जवाफमा मन्त्री पुनले नेपालमा अहिले जलविद्युत मात्र हैन समग्र क्षेत्रमा लगानिका लागि उपयुक्त वातावरण रहेको र ऊर्जाको बजारको समेत सुनिश्चितता भएकाले जापान सरकार तथा जापानी नीजि क्षेत्रलाई नेपालमा आउन राजदुत मार्फत आग्रह गरे । मन्त्री पुनले भारत तथा बंगलादेशसँग क्रस बाेर्डर ट्रान्समिसन लाइनकाे सहमति भएकाे र भारतसँग विद्धुत निर्यातकाे अभ्यास समेत भइसकेकाे जानकारी गराए ।

निकट भविष्यमा आफुले जापान भ्रमण गर्ने जानकारी गराउदै मन्त्री पुनले जापान सरकारले नेपाललाई विगतदेखि गर्दै आएको सहयोगका लागि धन्यवाद दिदै आगामी दिनमा थप सहयोग र लगानी भित्रने विश्वास व्यक्त गरे ।

ऊर्जाको क्षेत्रमा भित्रने लगानी र त्यसका लागि आवश्यक पर्ने वातावरण र बजारको ज्ञारेण्टी आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पुनले जापानी नीजि क्षेत्रका लगानी नेपालमा बढ्ने विश्वास व्यक्त गरे ।

राजदुत मासामिची साइगोले अमेरिकाले समेत नेपालको ऊर्जाको क्षेत्रमा लगानी गरिरहेको भन्ने खबर अमेरिकी राजदुतमार्फत आफुले थाहा पाएको जानकारी गराउदै नेपालको ऊर्जाको क्षेत्रमा विश्वकै ध्यान रहेको बताए । त्यसको एउटा हिस्सा जापान सरकार समेत हुन चाहेको र त्यो अवसर जापान सरकारले नगुमाउने विश्वास मन्त्री पुनलाई दिलाएको मन्त्री पुनको प्रेस संयोजक रोशन खड्काजाले जानकारी दिए ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर