• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

काश्मिर भारत र पाकिस्तानको द्धिपक्षीय मामिला – बेलायती प्रधानमन्त्री

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले काश्मिर भारत र पाकिस्तान दुवैको द्धिपक्षीइ मामिला भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्पष्ट पारेका छन् ।

मोदी र जोन्सनबीच मंगलबार भएको फोन वार्तामा काश्मिरमा सृजना भएको वर्तमान अवस्था र भारत तथा पाकिस्तानबीच साझेदारीको महत्वामाथि पनि चर्चा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बेलयाती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटका प्रवक्ताले फोनमा जानकारी दिँदै भने, ‘काश्मिर एक यस्तो मामिला हो, जसलाई भारत र पाकिस्तानबाट द्धिपक्षीय स्तरबाट सुल्झाउनु पर्ने बेलायतको भनाई रहेको प्रधानमन्त्रीेले स्पष्ट पार्नु भएको छ ।’ वार्ताको माध्यमबाट यस विषयको समाधान खोज्नमा जोन्सनले जोड दिएको प्रवक्ताले बताएका छन् । 

गत अगस्ट ५ मा भारत सरकारले काश्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेपछि काश्मिरमा तनावको स्थिति बनेको छ । भारतको यस कदमलाई पाकिस्तानले असंवैधानिक बताउँदै भारत विरुद्ध अन्तराष्ट्रिय अदालतसम्म जाने बताएको छ । 

गत महिनादेखि बेलायती प्रधानमन्त्रीको पदभार सम्हालेका जोन्सन विश्वका थुप्रै नेताहरुसँग फोनवार्ता गरेका छन् । मोदी र जोन्सनको कुराकानी पनि यसै श्रृंखला अन्तरगत रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर