जीप दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाइते

अछाम  ।  अछाममा जीप दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का  का ३७ वर्षीय अशोक परियार, सोही ठाउं वडा नम्बर ४ बस्ने ३८ वर्षीय कालु सिंह आउजी, र बैतडीको डिलाशैनी गाउंपालिका वडा नम्बर ३ का २२ वर्षीय लालबहादुर बोहरा रहेको अछाम प्रहरीले जनाएको छ।

यस्तै सो दुर्घटनामा परि बान्नीगढी जयगढ गाउँपालिका ४ का तर्कराज तिमिल्सेना, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का सवारी चालक २७ वर्षीय जन्जिर चौधरी र धनगढी उपमहानगरपालिकाका २४ वर्षीय घनश्याम चौधरी घाइते भएका छन्। उनीहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

बुधवार राती अछामको मुजाबगरबाट जयगढ जादैं गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटना भएकोे हो। जीप सडकबाट सडक बाट करिव ५ सय मिटर तल खसेकोे छ। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर