• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

महाधिवेशन अघि ‘जबज’बारे छलफल हुन सक्दैन : नारायणकाजी श्रेष्ठ [भिडियोवार्ता]

‘केपी ओली फर्किएपछि उहाँले नै पार्टीको अध्यक्षता गर्नुहुन्छ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता भएको एक वर्ष नाघ्दा बल्लबल्ल पार्टी एकताको प्रक्रिया टुंगोमा पुग्न थालेको छ । दुई ठूला पार्टी मिलेर बनेको नेकपामा यसबीचमा विभिन्न कारणले ‘खिचडी’ पाक्यो ।

कहिले पार्टी एकतामा चित्त नबुझ्दा त कहिले पार्टीले दिएको जिम्मेवारीमा असहमति हुँदा पार्टीभित्रका विभिन्न आन्तरिक विषयले बजार पायो । ९ सचिवालय सदस्य भएको नेकपामा सचिवालय सदस्यबीच को असन्तुष्टि नै बेलाबेलामा मिडियामा आए । 

पार्टी एकता भएको केही समयमा नै प्रदेशका इन्चार्ज र सह–इन्चार्जको विषयमा असहमति दर्ज गरेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पछिल्लो समय पुनः पार्टी नेतृत्वसंग रिसाएका छन् । पार्टी सचिवालय बैठकले पटक पटक गरेका निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले पार्टीमा ‘नोट अफ डिसेन्ट’ नै जारी गरेका छन् । 

पार्टी एकताले पूर्णता पाएसंगै यतिबेला नेकपा अध्यक्षको पूर्ण जिम्मेवारी पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई दिएर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यपोचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । माधव नेपाल पक्षधरका नेताहरु असन्तुष्ट छन् । 

पार्टीका पछिल्लो राजनीतिको विषयमा नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसंग समाचार दैनिकले कुराकानी गरेको छ । समाचार दैनिक डटकमको स्टुडियोमा सम्पादक बविन शर्मासंग नेता श्रेष्ठले गरेको कुराकानीको सम्पादीत अंश :

नेकपाले पछिल्लो समय पार्टी एकताको लगभग प्रक्रिया सकियो भन्दैगर्दा विधान विपरित वामदेव गौतमलाई पार्टीले उपाध्यक्षमा सिफारिस गर्न मिल्थ्यो ?
पार्टी विधान विपरित सिफारिस गरिएको हैन् । पार्टी एकतामा भएको समझादारी अनुरुप नै महाधिवेशनसम्म जान पथ्र्यो की, बीचमा नयाँ समझदारी पनि विकास गर्न मिल्थ्यो भन्ने बहस हुनसक्छ । तर, सचिवालय प्रस्ताव तयार गर्दा विधानमा यो व्यवस्था छैन, त्यसकारण यो प्रसता लैजाँदा विधान संसोधन गरेर यो प्रसताव लैजाउँ भन्ने हो । 

हतारो किन त ? विधान संसोधन गरेर त्यो प्रक्रिया अघि बढाउन हुँदैनथियो ? 
विधान संसोधन अमुर्त ढंगबाट किन लाने ? यो प्रस्तावसंगै विधान संसाधन गर्नपर्छ । त्यसकारण यसलाई वैधानीक गर्नका लागि विधान संसोधन पनि गरौं र वामदेव कमरेडलाई उपाध्यक्ष पनि बनाऔं भनेर यो सिफारिस गरिएको हो । यो चाँही अहिलेको सन्दर्भमा दुई अध्यक्षले छलफल गरेर यो प्रस्ताव ल्याएपछि कसलाई के दिने भनेर छलफल भने नउठेको होइन् ।

यसको औचित्य भनेको नेकपामा कसको गुट बलियो बनाउने भन्नेमा गयो भन्ने छनी ?
म त यो गुटको पक्षमा छैन् । गुटको चलखेल यो पार्टीमा छ वा छैन भन्दा, छ भन्छु म  । गुटवादको खेल गलत छ । 

यी घटनाक्रमहरु ती अभ्यासका सुरुवाति चरण हुन ? 
अहिले नै भनिहाल्न मिल्दैन । यसले पार्टीलाई एकतावद्ध र सक्रिय बनाउन, सबै साथिहरुलाई उचित जिम्मेवारी दिने काम भयो भने ठिकै हुने भयो ।

नेतृत्व छान्ने कुरामा पनि न्याय भएन, विधि सम्वत भएन भनिन्छ नी ?
हाम्रो पार्टी एकता नै एकदमै छिटो भयो । हामीले समयमा चाँही छलफल गरेनौं । म दुई वर्षदेखि नै लागेको थिएँ । मुख्य कुरा भनेको पार्टी एकता हामीले गरिसकेका छौं । यसलार्य सफल बनाउनपर्छ । र सरकारलाई पनि सफल बनाउपर्छ । 

माधव नेपालको वरियता एकाएक खोसिनुको विषय चाँही ?
माधव कमरेलाई अहिले तेस्रोबाट चौंथोमा पुग्यो । पहिला किन ल्याएको त अगाडी भन्ने विषय पनि छदैं छ । तर, मैले सचिवालय बैठकमा पनि भनेको थिएँ, विधि प्रक्रियाको आधारमा पार्टी एकताको विषयलाई अघि बढाउने भनिएको थियो । त्यस प्रकारबाट हेर्दा यो विषय नराम्रो भएको छैन् । यो किन गरियो भन्ने प्रश्न चाँही उठ्छ अब । तर, त्यसलाई सकारात्मक रुपमै हेर्दा हुन्छ । 

अन्ततः नेकपा जबजको बाटो हुँदै अघि बढ्ने दिशातर्फ गयो भनिन्छ नी ?
यो बारेमा चाँही मैले अहिले भन्न पर्ने कुरा पार्टीको लाइन को कुरा हो । हाम्रो पार्टीको लाइन अहिले जबज होइन् । पार्टीभित्र जबजको लाइनको पक्षमा हुने र विपक्षमा हुने समूह छ । र त्यो सबैको साझा निष्कर्ष भनेको महाधिवेशनमा छलफल गर्ने हो । 

यो कार्यविभाजन र त्यो सिद्धान्तको तालमेल छ की छैन ?
त्यसरी त हेर्न मिल्दैन । कसैको मनमा भए जानिँदैन् । हाम्रो पार्टी एकता गर्दाको विषय, महाधिवेशनको विषय, साविकको कुन पक्षले के भन्न भन्ने विषयमा हाम्रो छलफल हुँदैन र हुनुहुँदैन् । 

प्रचण्डले अध्यक्षको अधिकार पूर्ण रुपले गर्न पाउनने हुनुुभयो, बैठक  बोलाउने अधिकार पाउनुभयो भन्ने छ नि । के हो खासमा ?
की बढि बुझ्ने की घटि बुझ्ने चलन छ हाम्रो । पार्टी एकताको संक्रमण अवस्थामा त्यस्तो थिएन् । तर अध्यक्ष ओलीकै प्रस्तावमा नै सांगठनिक एकताका केही काम पनि बाँकी छन्, म केही दिन अझै बाहीर बस्नुपर्छ । त्यसैले यी कामहरु म नहुँदा पनि गरौं भन्नुभएको हो । जति भनेको त्यतिमात्रै बुझ्नपर्यो नी  ।

अध्यक्ष ओली फर्किएपछि पहिलेकै जस्तो अवस्था हुन्छ ?
त्यो त त्यही नै हुन्छ । घटी पनि नबुझौं कमी पनि नबुझौं । 

अध्यक्षद्वयका बीचमा सरकार र पार्टी चलाउनेगरि कार्यविभाजन गर्ने सहमति भयो भन्ने चर्चा पनि आयो नि ? 
हामीलाई बैठकमा केही कुरा आएको छैन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर