• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेपाल पाँचाै स्थानका लागि अफगानिस्तानसँग खेल्दै

काठमाडाै । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्ने भएको छ ।

नेपाल र अफगानिस्तानबीचको खेलमा दिउँसो ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ । नेपाल समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससाग ३–० को सोझो सेटमा पराजित भएको थियो । 

पाँचौ स्थानको लागि हुने खेलमा पनि सोझो सेटमा पराजित भए, सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको सबैभन्दा खराव प्रदर्शन हुनेछ । चौथो संस्करण सकिदा नेपालले कुनै एक खेलमा १ सेटमा जित हात पारेको छ । सेन्ट्रल जोन च्याम्पियनसिप अघि नेपालले अफगानिस्तानमाथि दुई मैत्रीपुर्ण खेलमा समान ३–२ को रोमाञ्चक जित निकालेको थियो । 

शुक्रबार नै तेस्रो स्थानको लागि माल्दिभ्स र तुर्केमिनिस्तानबीच खेल हुनेछ । बिहीबार भएको सेमिफाइनलमा माल्दिभ्स उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा तथा तुर्केमिनिस्तान किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

च्याम्पियनसिपको फाइनल शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल दुइ बजेपछि हुनेछ । किर्गिस्तान दोस्रो उपाधि जित्ने लक्ष्यमा रहँदा उज्वेकिस्तान पहिलो उपाधिको खोजीमा रहनेछ । किर्गिस्तान तेस्रो संस्करणको च्याम्पियन हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर