• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बार्सा र रियलकाे हाेड अझै रोकिएन, नेइमारकाे गन्तव्य कता ? 

एजेन्सी । बार्सिलोनाबाट खेल्ने अर्जेन्टाईन स्टार लियोनल मेसी र युभेण्टसबाट खेल्ने पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोपछिका संभावित स्टार हुन् पिएसजीबाट खेल्ने ब्राजिलियन स्टार नेईमान जुनियर ।

पछिल्लो चरणमा कहिले ईन्जुरी त कहिले कन्ट्रोभर्सीका कारण उनको चर्चा खेल कौशल भन्दा पनि अन्य कारणले बढी भईरहेको छ । यही बीचमा पिएसजीकै फ्रान्सेली युवा केलियन एम्बाप्पे पनि नेईमारको काउण्टरमा उदाईरहेका छन् । 

तर पनि अहिले धेरैको आँखा नेईमार माथि नै छ । विश्व रेर्कडधारी पैसामा बार्सिलोनाले नेईमारलाई पिएसजीमा बेचेको थियो । पिएसजीमा रमाउन नसकेका नेइमार बार्सिलोना फर्कने, बार्सिलोनाको प्रमुख प्रतिस्पर्धी रियल मड्रिड जाने वा अन्यत्र भन्नेमा दोधारमा छन् । नेइमार भित्र्याउने होडमा बार्सिलोना र रियल अग्रभागमा छन् । 

स्पेनिस मार्काका अनुसार नेईमारका साथीहरुले बार्सिलोनामा छंदा नेईमानरले प्राप्त गरेका कपहरुको फोटो सामाजिक संजालमा पोष्ट गरेको आधारमा उनी बार्सा फर्कने आकलन गरिएको छ । तर उता नेइमारका बुवाले भने रियलका खेलाडीहरुलाई ईन्स्टाग्राममा फलो गरिरहेका छन् । नेइमारले भने मुख खोलेका छैनन् ।

गोल डटकमका अनुसार बार्साले नेइमानरसँग फ्रेस बिडको तयारी गरिरहेको छ । मार्काका अनुसार रियलका अधिकारीहरु समेत नेइमारबारे कुरा गर्न पेरिस पुगेका छन् ।
पिएसजीले यसअघि दुवै क्लवका प्रस्तावहरु अस्वीकार गरिदिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर