• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एस्टन भिल्लासँग एभर्टन स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले एभर्टनमाथि २–० को जित निकालेको हो । 

घरेलु मैदानमा भएको खेलमा भिल्लाले एभर्टनमाथि उत्कृष्ट जित निकाल्दै स्पष्ट ३ अंक जोड्न सफल भयो । भिल्लालाई जित दिलाउने क्रममा वेस्लेले २१औं मिनेटमा पहिलो गोल गरेको हो । 

पहिलो हाफमा १–० ले अगाडि रहेको भिल्लाले दोस्रो हाफको अतिरिक्त समयमा अर्को गोल गरेको हो । भिल्लाका लागि अनवर एल गाजीले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । 

भिल्ला लिगको पहिलो खेलमा टोटनह्यामसँग ३–० ले पराजित भएको थियो । त्यसैगरी, दोस्रो खेलमा बर्नमाउथसँग २–१ ले पराजित भएको थियो । त्यसैगरी, एभर्टनले पहिलो खेलमा क्रिस्टन प्यालेससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वाटफोर्डमाथि १–० को जित निकालेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर