• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आधा दर्जन मुक्तक

मूर्ख बनूँ या धूर्त बनूँ संसार जान्न जरुरी छ
राम राज्य या लंका थपूँ संसार जान्न जरुरी छ
सपना होइन विपनामा जोड्ने इतिहास स्वतन्त्रमा
पूर्व बनूँ या ध्रुव बनूँ संसार जान्न जरुरी छ ।

०००

बिलौना होइन सिलौटामा मरिच पिसेको थें
सायद उनको सपनामा अतीत देखेको थें
नामको लागि मरिहत्ते दिनचर्या हेर्दा 
खिलौना होइन दिल–दौरानमा अमिर बनेको थें।

०००

जे गर्नुथ्यो समय अनुकूल दक्षतामा गरियो 
भूत वर्तमान समय अनुकूल लक्ष्यतामा अडियो
जीवन भर घातक बस्तु प्रत्येक पाइलामा भेटें
जे भर्नुथ्यो समय अनुकूल विपक्षमा भरियो ।

०००

भविष्यको लागि चिन्ता मनमा केही बसेन 
रित्तो संसार हेर्दा हेर्दै  मनमा केही भएन 
ढुक्क छैन हुरूक्क छ जीवनधारी जन्तु 
अनागतको लागि जिम्मा मनमा केही रहेन ।

०००

सानो भएरै बसें खोई कुनै भाउ बढेन 
यस्तै उस्तै दिन गनी बसें कुनै नाउँ चढेन
समय साक्षी म वैरागी को मन त्यसै विराग
लाटो भएरै रहें खोई कुनै  गाउँ बसेन। 

०००

मन बिलौनाको घर बनाएर जीवन व्यतीत मेरो
अन्य खिलौनाको घडी बनाएर जीवन व्यतीत मेरो   
हो उद्योग गर्ने समयमा कल्पनामै  रमाएर रहेँ
मन सिलौटाको जड रचाएर जीवन थकित मेरो ।

                                                            (म्यानमार)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर